Warning: mysqli_query(): (HY000/1194): Table 'hk_wfHits' is marked as crashed and should be repaired in /home/mysites/repo/himalkhabar/himalkhabar/wp-includes/wp-db.php on line 2056

WordPress database error: [Table 'hk_wfHits' is marked as crashed and should be repaired]
SELECT MAX(attackLogTime) FROM hk_wfHits


Warning: mysqli_num_fields() expects parameter 1 to be mysqli_result, boolean given in /home/mysites/repo/himalkhabar/himalkhabar/wp-includes/wp-db.php on line 3403
साझा समस्या साझा पहल - Himalkhabar.com

टिप्पणीशनिबार, पौष १२, २०७१

साझा समस्या साझा पहल

गगन थापा

काठमाडौं उपत्यका वासिन्दाले यातायता, वायु, फोहोर, उर्जा, खानेपानी लगायत अनेकन समस्या भोग्नु परिरहेको छ।

kathmandu-valley-2हामी जो आर्थिक रुपमा सवल छौं,लोडसेडिङको समस्या हुँदा ईन्भर्टर वा जेनेरेटर प्रयोग गर्न सक्छौं, सार्वजानिक यातायातमा समस्या हुँदा निजी सवारीको खोजी गर्न सक्छौं, खानेपानी समस्या पर्दा ट्यांकर बोलाउँला तर के वायु प्रदुषणको मारमा परिरहँदा हामीहरुले निजी स्वच्छ हावा किन्न सक्छौं? सक्दैनौ।

चाहे धनी हौं वा गरिव यो हामी सवैको साझा समस्या हो। यसको एउटा मात्र समाधान भनेको काठमाण्डौको वायु प्रदुषणलाई न्युनीकरण गर्दै फेरी पुरानै अवस्थामा फर्काउने नै हो। हामी सवैको साझा प्रयासवाट मात्र यो संभव छ।

उपत्यकावासीले भोगेका यी यावत समस्या समाधानका लागि साझा प्रयास आवश्यक ठानेर नै हामी उपत्यकावाट प्रतिनिधित्व गर्ने सांसदहरूले संयुक्त रुपमा केहि महिना अगाडि समस्या र समाधानका उपाय सहित प्रधानमन्त्रीलाई ध्यानाकर्षण गराएका थियौ।

हाम्रो सामुहिक प्रयास जारी छ। यसै विचमा लिभेवल काठमाडौंको संयोजनमा केहि दिन अघि वायु प्रदुषणका वारेमा एक अन्तरक्रिया कार्यक्रम गरिएको थियो।
कार्यक्रमा प्रा. डा. रामप्रसाद रेग्मीले प्रस्तुत गर्नुभएको अनुसन्धानले वताए अनुसार काठमाण्डौंको भुगोल अरु उपत्यकाको जस्तो सामन्य छैन।

कचौरा आकारको काठमाणडौंमा प्रदुषित वायु कैद भएर आकाशमा एउटा चादर वनेर बस्नेहुँदा रातिको ८ बजे देखि विहानको ९ बजेसम्म उपत्यका भित्र वायुको कुनै प्रवाह नहुने र दिउँसो तापक्रम वृद्धि संगै काठमाण्डौ भित्रिने वायुँले यहाँको प्रदुषित हावालाई उडाएर वर परका डाडाँहरुमा पुर्याउने रहेछ जसले गर्दा स्वच्छ वायुको खोजिमा वरपरका डाडाँहरुमा घुम्न जानेहरुलाई समेत असर गर्ने रहेछ।

यस्तो विशेषतायुक्त काठमाण्डौंको भुगोल र यहाँको वायु प्रवाह प्राकृतिक हो जुन हाम्रो नियन्त्रण बाहिर छ।

के त्यसो भए हामीले प्रदुषित हावा नै उपभोग गर्ने त? कार्यक्रममा उपस्थित नेपाल स्वास्थ अनुसन्धान परिषद, नेपाल वातावरण कानुनी मञ्च लगायत विभिन्न क्षेत्रका व्यक्तिहरूले काठमाण्डौको वायु प्रदुषणका कारक तत्वहरुको पहिचान गरि थप अध्ययन गर्दै त्यसमा आधारित भएर नीति निर्माण गर्नु पर्ने, वातावरणसंग सम्वन्धित विद्यमान नियम कानुनहरू एकिकृत वनाउदै परिमार्जति गर्नु पर्ने, विहान वेलुका गरिने मर्निंग वाक र ईभिनिंग वाकको समयमा फेरवदल गर्नुपर्ने आवश्यकता तर्फ जोड दिनुभएको थियो।

काठमाण्डौंसंग सरोकार राख्ने विविध विषयहरुमा अध्ययन, अनुसन्धान, छलफल र अन्तरक्रिया गर्दै आइरहेको ‘लिभेवल काठमाण्डौं’ अभियानले हामी काठमाडौंवाट प्रतिनिधित्व गरेका सांसदहरूलाई थप सुसुचित वनाएको छ र काठमाडौंको वायू प्रदुषण न्युनिकरण गर्ने अभियानमा आफ्नो तर्फबाट हुन सक्ने र गर्न सकिने कामहरु गर्न थप हौसला प्रदान गरेको छ।

साझा समस्या साझा पहल भन्ने मान्यताका साथा हामीले गरेको यो सानो प्रयास मात्र हो। हामी काठमाडौंवासीको साथ र समर्थनवाट यो अभियानलाई सार्थक वनाउन चाहन्छौं।

प्रतिकृया दिनुहोस

हिमालखबर जनमत

नयाँ सरकारको नेतृत्व कुन पार्टीले गर्नुपर्छ?

परिणाम हेर्नुस्

Loading ... Loading ...
हिमालखबर जनमतको अन्तिम नतीजा साप्ताहिक खबरपत्रिका हिमाल को आगामी अंकमा प्रकाशित गरिनेछ ।*/?>