रमझमशनिबार, पौष १२, २०७१

सलमान खानः उमेरसँगै बढदोे सफलता

हिमालखबर

salluउनका प्रशंसकले पनि सोशल मीडियामा जन्मदिनको बधाई दिइरहेका छन् ।  ट्विटरमा ट्रेंड भइरहेको छ । फ़ेसबुकमा पनि  सलमान ट्रेंड भइरहेको छ ।

सलमान ख़ानले आज शनिवारको रियालिटी शो ‘बिग बोसको होस्ट गर्ने छैनन् । उनको ठाउँमा एक दिनका लागिय हास्य कलाकार कपिल शर्माले होस्ट गर्दैछन् ।

सलमानले पहिलो सफल फिल्म सन् १९८९ मा रिलीज़ भएको फ़िल्म ‘मैंने प्यार किया’ थियो ।

Maine-Pyar-Kiya-Movie-Wallpapersबॉक्स अफ़िसमा सुपरहिट भएको यो फ़िल्मका लागि उनले फ़िल्मफ़ेयर पुरस्कार समेत पाएका थिए ।

उनले फ़िल्मी करियरको शुरुआत फ़िल्म ‘बीवी हो तो ऐसी’ बाट गरेका थिए ।

त्यसपछि आएका उनका फिल्म साजन, हम आपके हैं कौन, बीवी नं वान पनि हिट भए ।

हालका तीन-चार वर्षमा वांटेड, दबंग, रेडी, बॉडीगार्ड जस्ता हिट फ़िल्मबाट सलमानले   उनको ‘जलवा’ अझै चलिरहेको सावित गरेका छन् ।

सलमान धेरै जसो कुनै न कुनै विवादमा पर्दै आएका छन् । सन् २००२ को ‘हिट एंड रन’ मुद्दा अदालतमा चलिरहेको छ ।

सन् २००२ मा सलमानको ल्यान्ड  क्रूज़र कार मुंबईको बांद्रा इलाकाका एक बेकरी बाहिर फुटपाथमा सुतिरहेका मानिसलाई किचेको थियो जस्मा एकको मृत्यु भएको थियो भने बाँकी चार  घाइते भएका थिए ।

त्यसबाहेक सलमान ख़ानलाई कालो हरिणको शिकार गरेको आरोपमा पनि जेल जानु परेको थियो ।

सलमान ख़ान आफ्नो च्यारिटी संस्था ‘बीइंग ह्यूमन’ पनि सञ्चालन गर्छन् ।

salman

‘बीइंग ह्यूमन ब्रांड’ लाई सलमानको लोकप्रियताको निकै लाभ मिलेको छ । जस्ले विभिन्न सामाजिक क्षेत्रमा काम गर्छ ।
उनी प्रधानमंत्री नरेंद्र मोदीको स्वच्छता अभियानमा पनि संलग्न छन् ।

प्रतिकृया दिनुहोस

हिमालखबर जनमत

नयाँ सरकारको नेतृत्व कुन पार्टीले गर्नुपर्छ?

परिणाम हेर्नुस्

Loading ... Loading ...
हिमालखबर जनमतको अन्तिम नतीजा साप्ताहिक खबरपत्रिका हिमाल को आगामी अंकमा प्रकाशित गरिनेछ ।*/?>