थप समाचारआइतबार, पौष १३, २०७१

विदेशमा ठगिएका युवाले मेनपावरबाट क्षतिपूर्ति लिए

हिमालखबर

वैदेशिक रोजगारीको सिलसिलामा विदेशमा ठगिएका खोटाङका चारजना सहित छजना युवाले मेनपावरबाट क्षतिपूर्ति लिएका छन् ।

तोकिएको काम र दाम नपाएपछि कतारबाट स्वदेश फर्काइएका खोटाङ नेर्पाका शङ्कर राई, मोरङ बयरवनका भीम मगर, इटहरीका विश्वास खड्का, मलेसियाबाट फर्काइएका खोटाङ मात्तिमका दीपक घिमिरे, चिउरीडाँडाका तेजबहादुर चौहान र केदार खत्रीले क्षतिपूर्ति लिएका हुन् ।

पिपुल्स फोरमको कानुनी सहायतामा नेपाल फर्काइएका ६ युवाले मेनपावरबाट प्रतिव्यक्ति रु २५ हजारदेखि रु ७५ हजारसम्म क्षतिपूर्ति लिएको सुरक्षित आप्रवासन परियोजनाका कार्यक्रम संयोजक नवीन्द्र राईले बताए ।

गाडीमा स्टीकर टाँस्ने कामका लागि काठमाडौँको मिमोसा मेनपावर कम्पनीबाट कतार पुगेका शङ्कर, भीम र विश्वासले तोकिएको काम र तलब नपाएपछि परियोजनासमक्ष उजुरी दिएका थिए ।

शेर्पा इन्टरनेसनल मेनपावरमार्फत उद्योग श्रमिकका रूपमा काम गर्न मलेसिया गएका तेजबहादुर र केदार सम्झौताअनुसारको काम र तलब नपाएपछि काम छाडेर स्वदेश फर्किएका थिए ।

यस्तै परदेशी मेनपावरबाट मलेसिया पुगेका दीपकले पनि भनेको काम र दाम नपाएपछि निःशुल्क कानुनी सहायतामा स्वदेश फर्किएर क्षतिपूर्ति लिएको हुन् ।

प्रतिकृया दिनुहोस

हिमालखबर जनमत

नयाँ सरकारको नेतृत्व कुन पार्टीले गर्नुपर्छ?

परिणाम हेर्नुस्

Loading ... Loading ...
हिमालखबर जनमतको अन्तिम नतीजा साप्ताहिक खबरपत्रिका हिमाल को आगामी अंकमा प्रकाशित गरिनेछ ।*/?>