थप समाचारसोमबार, पौष १४, २०७१

जेट एयरको पंखामा आगो लाग्यो, सबै यात्रु सकुशल

हिमालखबर

जेट एयरको पंखामा आगो लाग्यो, सबै यात्रु सकुशल

इन्टरनेट तस्वीर

भारतको मुम्बईबाट काठमाडौं आउँदै गरेको जेट एयरवेजको पंखामा आगलागी भएको छ । त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलमा अवतरण गर्ने क्रममा १४ पुस दिउँसो १२.२० मा जेट एयरवेजमा आगलागी भएको हो ।

विमान चरासँग ठोक्किएपछि बाँयातिरको पंखामा आगो लागेको हो । विमानमा सवार सबै यात्रु भने सकुशल छन् ।

विमानस्थलबाट हिमालखबरलाई प्राप्त जानकारी अनुसार भीटीजेबीएच २६८ कलसाइन भएको जेट एयरमा अचानक आगलागी भए पनि अवतरण गर्ने क्रममा आगो निभेको थियो ।

विमानस्थल स्रोतका अनुसार विमानका चालकहरुले अवतरणका क्रममा विमानको पंखामा चरा आएर ठोक्किएको जानकारी दिएका छन् ।

आकस्मिक रुपमा सकुशल अवतरण भएकोले ठूलो दुर्घटना भने टरेको छ । यसअघि पनि विमानस्थलमा पटकपटक चराको ठक्करले विमानहरु क्षति पुर्‍याउँदै आएको छ ।

प्रतिकृया दिनुहोस

हिमालखबर जनमत

नयाँ सरकारको नेतृत्व कुन पार्टीले गर्नुपर्छ?

परिणाम हेर्नुस्

Loading ... Loading ...
हिमालखबर जनमतको अन्तिम नतीजा साप्ताहिक खबरपत्रिका हिमाल को आगामी अंकमा प्रकाशित गरिनेछ ।*/?>