थप समाचारसोमबार, पौष १४, २०७१
हिन्दूराष्ट्र घोषणाका लागि दबाब दिऔंः थापा
राप्रपा नेपालका अध्यक्ष कमल थापाले नेपाललाई हिन्दूराष्ट्र घोषणा गर्न दबाब दिन आग्रह गरेका छन् । मेची–महाकाली संकल्प रथयात्राअन्तर्गत १४ पुसमा कैलाली लम्कीमा आयोजित सभालाई संबोधन गर्दै उनले हिन्दूराष्ट्र घोषणाका लागि दबाबको खाँचो रहेको बताए ।
नेपाललाई हिन्दूराष्ट्र कायम गरिनुपर्नेमा जोड दिँदै उनले भने, “९४ प्रतिशत हिन्दू बहुल देशलाई संविधानसभामार्फत् हिन्दूराष्ट्र घोषणा गर्नुपर्छ ।”
उनले देश हिन्दूराष्ट्रमय भइसकेको दावी गरे । “देश हिन्दूराष्ट्रमय भइसकेको छ, त्यसैले राजनीतिक दलले संविधानसभाबाट यसलाई अनुमोदन गर्नुपर्छ,” उनले भने ।
रासस
प्रतिकृया दिनुहोस
ताजा अपडेट
हिमालखबर जनमत
