थप समाचारसोमबार, पौष १४, २०७१
आगलागीपीडितलाई राहत दिन सभासदको माग
भारतको मुम्बइ ठाँणेस्थित भीमन्डीमा रहेको काठ गोदाममा भएको आगलागीमा मृत्यु भएकाका परिवारलाई राहत दिन सभासदहरुले माग गरेका छन् । कपिलवस्तुबाट संविधानसभामा प्रतिनिधित्व गर्ने विभिन्न दलका सभासदले आगलागीमा मृत्यु भएकाका परिवारलाई राहत दिन माग गरेका हुन् ।
भारतको मुम्बइ ठाँणेस्थित भीमन्डीमा रहेको काठ गोदाममा ११ पुसमा आगलागी हुँदा कपिलवस्तुका नेपाली युवाहरुको मृत्यु भएको थियो ।
नेपाल–भारत अवध मैत्री समाजले १४ पुसमा राजधानीमा गरेको पत्रकार सम्मेलनमा बोल्दै सभासदले आगलागीमा परेर घाइते भएकालाई तत्काल राहत तथा उद्दार गर्न सरकारसँग आग्रह गरे ।
कपिलवस्तु क्षेत्र नं. ३ का सभासदु बृजेशकुमार गुप्ताले मृतकको शव तथा घाइतेलाई तत्काले नेपाल झिकाउन आग्रह गरे । उनले घाइतेको उपचारका लागि पहल गर्न पनि सरकारको ध्यानाकर्षण गराए ।
सभासद नरसिंह चौधरीले सरकारले अविलम्ब पहल गरेर पीडित परिवारलाई क्षतिपूर्ति दिनुपर्ने बताए ।
प्रतिकृया दिनुहोस
ताजा अपडेट
हिमालखबर जनमत
