थप समाचारमंगलबार, पौष १५, २०७१

माओवादी नेता वैद्य अस्पताल भर्ना

हिमालखबर

baidyaनेकपा–माओवादीका अध्यक्ष मोहन वैद्यलाई एक्कासी दमले च्यापेपछि राजधानीको नर्भिक अस्पतालमा भर्ना गरिएको छ ।

दमले सकस भएपछि १५ पुसमा नर्भिक अस्पताल पुर्‍याइएका वैद्यको स्वास्थ्य परीक्षणका क्रममा निमोनिया समेत भएको पाइएको पार्टी प्रवक्ता पम्फा भुषालले जानकारी दिइन् ।

नियमित रूपमा श्वास फेर्न नसकेपछि वैद्यलाई अक्सिजन दिइएको छ । चिकित्सकहरुका अनुसार उनलाई केही दिन अस्प्तालमा बस्नुपर्ने हुनसक्छ ।

प्रतिकृया दिनुहोस

हिमालखबर जनमत

नयाँ सरकारको नेतृत्व कुन पार्टीले गर्नुपर्छ?

परिणाम हेर्नुस्

Loading ... Loading ...
हिमालखबर जनमतको अन्तिम नतीजा साप्ताहिक खबरपत्रिका हिमाल को आगामी अंकमा प्रकाशित गरिनेछ ।*/?>