खेलकुदमंगलबार, पौष १५, २०७१
धोनीले टेस्ट क्रिकेटबाट सन्यास लिए

तस्वीर साभार: cricinfo
भारतीय क्रिकेट कप्तान महेन्द्र सिंह धोनीले टेस्ट क्रिकेटबाट सन्यास लिएका छन् ।
अष्ट्रेलियाको मेलबर्नमा भएको टेस्ट ड्र भएको केही बेरमै उनले सन्यास लिएको घोषणा गरेका हुन् ।
धोनीले टेस्ट म्याच नखेल्ने भएपछि अष्ट्रेलियामा ६ जनवरीदेखि हुने चौथो टेस्ट क्रिकेटमा विराट कोहली कप्तान हुनेछन् ।
आफ्नो अन्तिम टेस्ट खेलमा धोनीको प्रदर्शन राम्रो भएको थिएन । पहिलो इनिङमा ११ रन बनाएका धोनीले दोस्रो इनिङमा २४ रन बनाएर नटआउट रहे ।
भारतका लागि कुल ९० टेस्ट म्याच खेलेका महेन्द्रसिंह धोनीले ३८ भन्दा धेरैको औसतमा ४८७६ रन बनाएका छन् । जसमा ६ शतक र ३३ अर्धशतक सामेल छन् ।
विकेटकिपिङ गर्दा धोनीले २५६ क्याच लिएका छन् जसमा उनले ३८ खेलाडीलाई स्टम्प आउट गरेका थिए ।
डिसेम्बर, २००९ पछि १८ महिनासम्म धोनीको कप्तानीमा भारतीय टेस्ट टोली विश्वको नम्बर १ टोली बनेको थियो ।
धोनीकै नेतृत्वको टोलीले कुल २७ टेस्ट म्याच जितेको छ भने १५ म्याचमा बराबरी र १८ म्याचमा हार ब्यहोरेको छ ।
उनकै नेतृत्वको टोली २८ वर्षपछि वानडे विश्वकप क्रिकेट जितेको थियो भने सन् २००७ मा टी-२० विश्वकप जितेको थियो ।
भारतीय क्रिकेट बोर्डले धोनीको राजीनामा मञ्जुर गर्दै भारतीय क्रिकेटमा उनको योगदानका लागि धन्यवाद ज्ञापन गरेको छ ।
प्रतिकृया दिनुहोस
ताजा अपडेट
हिमालखबर जनमत
