थप समाचारमंगलबार, पौष १५, २०७१

बाबुको पेस्तोल खेलाउँदा साढे तीन वर्षे बालक घाइते

हिमालखबर

pistolधनकुटा नपा–७ हुलाकटोलमा डेरा गर्ने विशेष प्रहरीका जवान योगेन्द्र कार्कीले सुत्ने बेला सिरानमा राखेको पेस्तोल विर्सिएर कार्यालय पुगेका थिए । उनले ओछ्यानमा छोडेको पेस्तोल साढे तीन वर्षे छोरा अनुषले खेलाउँदा पड्किएर अनुहार छेडेको छ ।

दुई पटक बन्दुकको आवाज सुनिएको छिमेकीहरुले बताएका छन् ।

घाइते बालकको जिल्ला अस्पताल धनकुटामा उपचार हुन नसकेपछि थप उपचारका लागि बीपी कोईराला स्वास्थ्य विज्ञान प्रतिष्ठान धरान पठाइएको छ ।

घटनाको विषयमा अनुसन्धान भैरहेको जिल्ला प्रहरी कार्यालय धनकुटाका प्रमुख प्रदीपकुमार श्रेष्ठले वताए ।

प्रतिकृया दिनुहोस

हिमालखबर जनमत

नयाँ सरकारको नेतृत्व कुन पार्टीले गर्नुपर्छ?

परिणाम हेर्नुस्

Loading ... Loading ...
हिमालखबर जनमतको अन्तिम नतीजा साप्ताहिक खबरपत्रिका हिमाल को आगामी अंकमा प्रकाशित गरिनेछ ।*/?>