Warning: mysqli_query(): (HY000/1194): Table 'hk_wfHits' is marked as crashed and should be repaired in /home/mysites/repo/himalkhabar/himalkhabar/wp-includes/wp-db.php on line 2056

WordPress database error: [Table 'hk_wfHits' is marked as crashed and should be repaired]
SELECT MAX(attackLogTime) FROM hk_wfHits


Warning: mysqli_num_fields() expects parameter 1 to be mysqli_result, boolean given in /home/mysites/repo/himalkhabar/himalkhabar/wp-includes/wp-db.php on line 3403
दूधको मूल्य बढ्यो - Himalkhabar.com

अर्थ/बजारमंगलबार, पौष १५, २०७१

दूधको मूल्य बढ्यो

हिमालखबर

दूधको मूल्य बढ्योदुग्ध विकास संस्थान (डीडीसी) ले दूधको मूल्य बढाएको छ । १५ पुसमा बसेको डीडीसीको संचालक समितिको बैठकले किसानले प्रतिलिटर रु.५.५२  थप पाउने गरी दूधको मूल्य बढाउने निर्णय गरेको हो ।

डीडीसीका महाप्रबन्धक गंगा तिम्सिनाले बढेको दूधको मूल्य १६ पुसदेखि लागू हुने हिमालखबरसँग बताए । किसानले लामो समयदेखि दूधको मूल्य बढाउनुपर्ने माग राख्दै आएका थिए ।

तर, डीडीसीले दूधमा किसानले पाउने भन्दा थप रकम पनि बढाएको छ । तिम्सिनाले नीलो प्याकेट (स्ट्यान्डर्ड दूध), हरियो प्याकेट (फ्याटयुक्त दूध) र गाईको दूधमा नै मूल्य बढाएको जानकारी दिए ।

डीडीसीले नीलो प्याकेट तथा गाईको दूधमा  रु.८  र हरियो प्याकेटको मूल्यमा  रु.१० मूल्यवृद्धि गरेको  छ । मूल्यवृद्धि भएपछि अब नीलो प्याकेटको रु.६४, गाईको दूध रु.७२ र हरियो प्याकेटको रु.८० प्रति लिटर पर्नेछ ।

महाप्रबन्धक तिम्सिनाले किसानको लागत खर्च बढेकाले दूधको मूल्य बढाएको बताए । “बढेको मूल्यको ७९ प्रतिशत रकम अब किसानले पाउने छन्,” उनले भने ।

प्रतिकृया दिनुहोस

हिमालखबर जनमत

नयाँ सरकारको नेतृत्व कुन पार्टीले गर्नुपर्छ?

परिणाम हेर्नुस्

Loading ... Loading ...
हिमालखबर जनमतको अन्तिम नतीजा साप्ताहिक खबरपत्रिका हिमाल को आगामी अंकमा प्रकाशित गरिनेछ ।*/?>