थप समाचारबुधबार, पौष १६, २०७१

शरणार्थी शिविरमा आगलागी

हिमालखबर

शरणार्थी शिविरमा आगलागी

बेलडाँगीस्थित भुटानी शरणार्थी शिविरमा १६ पुस बिहान आगलागी भएपछिको दृष्य । तस्वीरः गोपाल गडतौला

झापाको बेलडाँगीस्थित भुटानी शरणार्थी शिविरमा आगलागी हुँदा पाँच घर जलेर नष्ट भएको छ । बेलडाँगी–१ को सेक्टर डी १ मा १६ पुस बिहान आगलागी शुरु भएको हो ।

छाप्रा नम्बर ६२ का नन्दलाल गुरुङको घरबाट शुरु भएको आगोले पाँच घर जलेर नष्ट भएको प्रहरीले जनाएको छ । अहिले आगो नियन्त्रणमा आइसकेको छ ।

प्रहरी, शरणार्थी र स्थानीयबासिन्दाको सहयोगमा दमकलले आगो निभाएको थियो । आगो शिविरका अरु घरमा सल्किन नदिन प्रहरीले अरु पाँच घर पनि भत्काएको छ ।

आगलागीको कारण थाहा हुन नसकेको प्रहरीले जनाएको छ । बाक्लो घरहरु रहेको शरणार्थी शिविरमा हिउँदमा आगलागी हुने गरेको छ ।

गोपाल गडतौला, झापा

प्रतिकृया दिनुहोस

हिमालखबर जनमत

नयाँ सरकारको नेतृत्व कुन पार्टीले गर्नुपर्छ?

परिणाम हेर्नुस्

Loading ... Loading ...
हिमालखबर जनमतको अन्तिम नतीजा साप्ताहिक खबरपत्रिका हिमाल को आगामी अंकमा प्रकाशित गरिनेछ ।*/?>