थप समाचारबिहीबार, पौष १७, २०७१
भारतः वरिष्ठ पत्रकार बीजी वर्गिजको निधन
भारतका वरिष्ठ पत्रकार एवम् राजनीतिक चिन्तक बीजी वर्गिजको निधन भएको छ ।
म्याग्सेसे पुरस्कारबाट सम्मानित वर्गिज हिन्दुस्तान टाइम्स र इन्डियन एक्सेप्रेसका सम्पाद रहिसकेका थिए ।
वर्गिजको गुडगावँस्थित आफ्नै निवासमा १५ पुसमा निधन भएको ‘इन्डियन एक्सेप्रेस’ले जनाएको छ ।
वर्गीजका ‘डिजाइन फर टुमरो’, ‘वाटर्स अफ होप,’ ‘हार्नेसिंग द इस्टर्न हिमालयन रिवर्स’, ‘विनिंग द फ्यूचर’ लगायतका थुप्रै पुस्तकहरु प्रकाशित छन् । सन् २०१४ मै उनको ‘क्विंटेरेन्शियल इण्डिया’ प्रकाशित भएको थियो ।
सेन्टर फर पोलिसी रिसर्चमा आवद्ध उनी तत्कालीन प्रधानमन्त्री इन्दिरा गान्धीका सूचना सल्लाहकार, गान्धी पिस फाउण्डेसनका फेलो र रक्षामन्त्रीका सूचना सल्लाहकार समेत बनेका थिए ।
प्रतिकृया दिनुहोस
ताजा अपडेट
हिमालखबर जनमत
