रमझमबिहीबार, पौष १७, २०७१

सातै महादेशका शिखरमा सुस्मिता

हिमालखबर

sसन् २००८ मा प्रथम समावेशी महिला आरोही दलको सगरमाथा अभियानको नेतृत्व गरेकी सुस्मिता मास्के सात महादेशका सात उच्च हिमाल आरोहण गर्ने पहिलो नेपाली महिला बनेकी छन्।

२० मंसीरमा अन्टार्कटिका महादेशको माउन्ट भिन्सन म्यासिफ आरोहण गरेपछि सुस्मिताले यो कीर्तिमान कायम गरेकी हुन्।

सगरमाथा शिखरपछि उनले गत वर्ष अफ्रिकाको किलिमञ्जारो, युरोपको एल्ब्रस र अष्टे्रलियाको कोसियोज्को हिमाल आरोहण गरेकी थिइन्।

उनले यसै वर्ष दक्षिण अमेरिकाको एकोन्जगोवा र उत्तर अमेरिकाको डेनाली हिमाल आरोहण गरेकी हुन्। हिमाल चढेर नाम कमाउँछु भन्ने नसोचेको बताउँदै सुस्मिताले भनिन्, “अहिले सातै अग्ला हिमाल चढ्ने महिलाका रूपमा चिनिन पाउँदा भने गौरवान्वित छु।”

susmita 1 susmita2 1

 

प्रतिकृया दिनुहोस

हिमालखबर जनमत

नयाँ सरकारको नेतृत्व कुन पार्टीले गर्नुपर्छ?

परिणाम हेर्नुस्

Loading ... Loading ...
हिमालखबर जनमतको अन्तिम नतीजा साप्ताहिक खबरपत्रिका हिमाल को आगामी अंकमा प्रकाशित गरिनेछ ।*/?>