थप समाचारबिहीबार, पौष १७, २०७१
४० जना नेपाली मलेसियामा अलपत्र
रोजगारीका सिलसिलामा मलेसियामा पुगेका ४० जना नेपाली ५७ दिनदेखि मलेसियामा अलपत्र परेका छन् ।
धौलागिरीका चारसहित चितवन, गुल्मी र नुवाकोट जिल्लाका नेपालीहरु गत १९ कात्तिकदेखि अलपत्र छन् ।
काठमाडौँ सामाखुसीको डोसलिङ म्यानपावर कम्पनीबाट मलेसिया पुगेका म्याग्दीको बेनी नगरपालिका–३ ज्यामरुककोट बिमिराबोटका राजन थापा, भकिम्ली–२ का मानबहादुर सार्की, सोही ठाउँकै रामबहादुर जिसी र बागलुङ गल्कोट हरिचौरका सुमन निउरेसहित ४० जना नेपाली काम नपाएर मलेसियाको दामनसरामा अलपत्र रहेको टेलिफोनमार्फत राजन थापाले जानकारी दिए ।
सामाखुसीस्थित डोसलिङ म्यानपावर कम्पनीका एजेन्ट लोकबहादुर थापामार्फत मलेसियाको दामनसरास्थित भिपेर फोर्स कम्पनीमा पुगेका उनीहरुलाई कम्पनीले काम नदिएको उनीहरुको गुनासो छ । रासस
प्रतिकृया दिनुहोस
ताजा अपडेट
हिमालखबर जनमत
