थप समाचारशुक्रबार, पौष १८, २०७१

जम्मुवार खोलामा कहिले बन्ला पुल ?

हिमालखबर

तस्वीरः गोपाल भण्डारी

तस्वीरः गोपाल भण्डारी

कपिलवस्तुको सीमावर्ती गाविस तितिर्खीको जम्मुवार खोलामा सरकारको राष्ट्रिय जनसहभागिता कार्यक्रमअन्तर्गत रु.१९ लाखमा पक्की पुल निर्माण शुरू भएको चार वर्ष भयो। तर, जग मात्र हालिएको पुल निर्माण पूरा नहुँदा काठको जीर्ण पुलबाटै जोखिमपूर्ण यात्रा गर्नुपर्ने बाध्यता यथावत् छ। राजनीतिक दल, नागरिक समाज र स्थानीयवासीको दबाबपछि जिल्ला विकास समितिले पुनः पुल निर्माणको ठेक्का आह्वान गरे पनि ठेक्का सम्झौता भएको पाँच महीनासम्म काम शुरू भएको छैन।

जिविसले भैरहवास्थित दया निर्माण सेवासँग ४० मीटर लामो पक्की पुल निर्माणका लागि गत असारमा गरेको रु.८७ लाखको ठेक्का सम्झौतामा एक वर्षभित्र निर्माण सम्पन्न गर्ने उल्लेख छ। निर्माण कम्पनीका गुञ्जनकुमार गुप्ता आवश्यक निर्माण सामग्रीको अभावले काम शुरू गर्न नसकिएको र समयमै काम पूरा नहुने लिखित जानकारी जिविसलाई गराइसकिएको बताउँछन्।

यस क्षेत्रका बासिन्दा सामान किनमेलदेखि छोराछोरीको पढाइका लागि समेत भारतीय बजार बजाहामा निर्भर छन्। बजाहा पुग्ने तथा सदरमुकाम तौलिहवा आउने एकमात्र बाटोको यो पुल नबन्दा ठूलो सास्ती बेहोर्नुपरेको गौरी– ८ का जयप्रकाश पाण्डे बताउँछन्। तितिर्खी गाविसका निवर्तमान अध्यक्ष रमेशरञ्जन दुवे भन्छन्, “सीमावर्ती क्षेत्रका जनताको पीडाले सरकारलाई छोएन।”

गोपाल भण्डारी, कपिलवस्तु

प्रतिकृया दिनुहोस

हिमालखबर जनमत

नयाँ सरकारको नेतृत्व कुन पार्टीले गर्नुपर्छ?

परिणाम हेर्नुस्

Loading ... Loading ...
हिमालखबर जनमतको अन्तिम नतीजा साप्ताहिक खबरपत्रिका हिमाल को आगामी अंकमा प्रकाशित गरिनेछ ।*/?>