थप समाचारशुक्रबार, पौष १८, २०७१

बस्तीमै अवैध इट्टाभट्टा (तस्वीरसहित)

हिमालखबर

 कोहलपुर १३ सिम्रीमा सञ्चालित मापदण्ड विपरितको भुसे इट्टाभट्टा ।  तस्वीरहरुः केशव राना


कोहलपुर १३ सिम्रीमा सञ्चालित मापदण्ड विपरितको भुसे इट्टाभट्टा । तस्वीरहरुः केशव राना

बाँकेमा मापदण्ड विपरितका भुसे इट्टाभट्टा मानवबस्ती विचमै सञ्चालन हुँदा स्थानीयको स्वास्थ्यमा प्रतिकुल असर परिरहेको छ ।
बाँकेको कोहलपुरमा मात्रै सात वटा भुसे इट्टा उद्योग सञ्चालनमा छन् तर सरोकारवाला निकायले त्यस्ता भट्टा रोक्न कुनै चासो देखाएको छैन ।

बस्तीमै अवैध इट्टाभट्टा (तस्वीरसहित)इट्टाभट्टा सञ्चालनका लागि ३० मिटर उचाइको चिम्नी राख्नुपर्ने, कोइलाको मात्रै प्रयोग गर्ने, प्रदुषण कम गर्न जिक्ज्याक फायरिङ गर्ने, जग्गाको गोलाइ २०० फिट हुनुपर्ने, वन, बस्ती, स्कुल, मठ मन्दिरदेखि एक किलोमिटर टाढा हुनुपर्ने नियम भए पनि कुनै मापदण्ड पूरा नगरिकनै कोहलपुर–१३ सिम्रीमा ५ र भरैयामा २ वटा अवैध इट्टाभट्टा सञ्चालनमा छन् ।

सबै इट्टाभट्टा गाउँकै बीचमा सञ्चालन भइरहेका छन् । बस्तीबीचमै इट्टाभट्टा संचालन हुँदा स्थानीयलाई समस्या हुने गरेको छ ।

बस्तीमै अवैध इट्टाभट्टा (तस्वीरसहित)घरेलु तथा साना उद्योग कार्यालय बाँकेका उद्योग अधिकृत भुपेन्द्र सापकोटा ती इट्टाभट्टा अनुमति बिना संचालन भइरहेको बताए । औद्योगिक व्यवसाय ऐन २०४९ अनुसार भुसे इट्टा उद्योग दर्ता र सञ्चालनको अनुमति नपाइने उनको भनाइ छ ।

अवैध रुपमा संचालित भुसे इट्टा उद्योगलाई कारबाहीको तयारी गरिहेको सापकोटाले बताए । यसअघि छ्यापछ्याप्ती रहेका भुसे इट्टा उद्योग कारबाही पछि बन्द भएको उनको दावी छ ।

बस्तीमै अवैध इट्टाभट्टा (तस्वीरसहित)

केशव राना, बाँके

प्रतिकृया दिनुहोस

हिमालखबर जनमत

नयाँ सरकारको नेतृत्व कुन पार्टीले गर्नुपर्छ?

परिणाम हेर्नुस्

Loading ... Loading ...
हिमालखबर जनमतको अन्तिम नतीजा साप्ताहिक खबरपत्रिका हिमाल को आगामी अंकमा प्रकाशित गरिनेछ ।*/?>