समाचारशुक्रबार, पौष १८, २०७१
देशभर एमालेको सभा
निर्धारित ८ माघमा संविधान जारी गर्न दबाव दिन सत्तारुढ नेकपा एमालेले देशभर सभा आयोजना गरेको छ ।
एमालेले १८ पुसमा देशका विभिन्न शहरहरुमा सभा आयोजना गरेको छ । सभामा पदाधिकारीसहितका नेताहरु खटिएका छन् ।
संविधान निर्माणका लागि छलफल गर्न पार्टी अध्यक्ष केपी शर्मा ओली काठमाडौं नै रहेपनि अन्य पदाधिकारी र नेताहरुले विभिन्न स्थानमा सम्बोधन गर्दैछन् ।
विराटनगरमा झलनाथ खनाल, वीरगञ्जमा माधवकुमार नेपाल, नेपालगञ्चमा बामदेव गौतम, पोखरामा विद्या भण्डारी, धनगढीमा युवराज ज्ञवाली, भीमदत्तनगरमा अष्टलक्ष्मी शाक्यले सम्बोधन गर्दैछन् ।
यस्तै, बुटवलमा भीम रावल, लहानमा ईश्वर पोखरेल, चितवनमा विष्णु पौडेल, सुर्खेतमा घनश्याम भूसाल, हेटौडामा प्रदिप ज्ञवाली, धनकुटामा पृथ्वीसुब्बा गुरुङ, बाग्लुङमा गोकर्ण विष्ट र डोटीमा योगेश भट्टराईले सम्बोधन गर्दैछन् ।
संविधान निर्माणको बातावरण तय गर्न एमालेले अर्काे चरणमा २८ पुसमा सवै जिल्लामा सभा आयोजना गरेको छ ।
