Warning: mysqli_query(): (HY000/1194): Table 'hk_wfHits' is marked as crashed and should be repaired in /home/mysites/repo/himalkhabar/himalkhabar/wp-includes/wp-db.php on line 2056

WordPress database error: [Table 'hk_wfHits' is marked as crashed and should be repaired]
SELECT MAX(attackLogTime) FROM hk_wfHits


Warning: mysqli_num_fields() expects parameter 1 to be mysqli_result, boolean given in /home/mysites/repo/himalkhabar/himalkhabar/wp-includes/wp-db.php on line 3403
फेशन डिजाइनर समालाई अन्तर्राष्ट्रिय पुरस्कार - Himalkhabar.com

रमझमशनिबार, पौष १९, २०७१

फेशन डिजाइनर समालाई अन्तर्राष्ट्रिय पुरस्कार

हिमालखबर

sama1नेपाली फेशन डिजाइनर समा वानुले ‘एशिया–प्यासिफिक प्रेस्टिजियस फेशन ब्रान्ड अवार्ड’ पाउने भएकी छन् ।

फेशन डिजाइनमा आएकै वर्ष सन् २०११ मा समाले नेपालका फेशन डिजाइनरहरूको स्पर्धामा क्रियटिभ अवार्ड जितेकी थिइन्।

२७ वर्षीया यी मुस्लिम चेली एउटै ब्रान्ड नेपाली ढाकाको पहिरन डिजाइनबाट अन्तर्राष्ट्रिय अवार्ड विजेता बनेकी हुन् । उनले स्वदेशी उत्पादन ढाकाको फेशन डिजाइन गर्न थालेको चार वर्ष मात्र भयो।

समाको सफलतासँगै विशुद्ध नेपाली उत्पादन ढाकाको प्रवर्द्धनमा महत्वपूर्ण सहयोग पुगेको छ। अवार्ड इन्डोनेसियाका अधिराजकुमार तथा अधिराजकुमारीद्वारा सिंगापुरमा २१ पुसमा प्रदान गरिनेछ।

उनीे एशियाका २६ देशका डिजाइनरहरुमध्ये उत्कृष्ट दुईमा चयन भएकी हुन् । उनीसँगै यो अवार्ड पाउनेमा सिंगापुरकी सुसान सानफोर्नीको छिन्।

यसै साता घोषणा भएको यो अवार्डले नेपाली ब्रान्ड ढाकाको अन्तर्राष्ट्रिय प्रवर्द्धन गरेकोमा आफूलाई गौरव लागेको समाले बताइन्।
“ई–प्लानेट प्रा।लिका अध्यक्ष सन्तोष सापकोटाले दुई महीनाअघि नेपालको तर्फबाट मेरो नाम र काम पठाउनुभएको थियो”, पुलकित समा भन्छिन्, “नेपालले जितेछ।”

नुवाकोट त्रिशूलीकी समाले अहिलेसम्म लन्डन र जर्मनीमा समेत गरी ढाका पहिरनका आधा दर्जन एकल प्रदर्शनी गरेकी छन्।
मिस नेपाल–युएसए र मिस नेपाल–अष्ट्रेलियामा फेशन डिजाइनरको रूपमा सहभागी भएर ढाकाकै पहिरन प्रदर्शनी गरेकी थिइन्।
ऋषिराम कट्टेल

प्रतिकृया दिनुहोस

हिमालखबर जनमत

नयाँ सरकारको नेतृत्व कुन पार्टीले गर्नुपर्छ?

परिणाम हेर्नुस्

Loading ... Loading ...
हिमालखबर जनमतको अन्तिम नतीजा साप्ताहिक खबरपत्रिका हिमाल को आगामी अंकमा प्रकाशित गरिनेछ ।*/?>