थप समाचारआइतबार, पौष २०, २०७१

रौतहटका सोह्र शिक्षकको राजीनामा

हिमालखबर

जिल्ला शिक्षा कार्यालय रौतहटले शिक्षकको प्रमाणपत्र छानबिनका लागि बुझाउन परिपत्र गरेपछि विभिन्न विद्यालयमा कार्यरत १६ जना शिक्षकले राजीनामा दिएका छन् ।

अख्तियार दुरुपयोग अनुसन्धान आयोगको निर्देशनपछि जिशिका रौतहटले विभिन्न तहका सबै शिक्षकको शैक्षिक योग्यताको प्रमाणपत्र सङ्कलन गरी छानबिन सुरु गरेपछि राजीनामाको लहर चलेको हो ।

भारत विहार बोर्डको नक्कली शैक्षिक प्रमाणपत्र लिएर सेवा प्रवेश र बढुवा प्रयोजनका लागि प्रयोगमा ल्याएका विभिन्न तहका १६ जना शिक्षकले राजीनामा दिएका हुन् ।

उनीहरुको राजीनामा स्वीकृत भइसकेको जिल्ला शिक्षा कार्यालय रौतहटले जनाएको छ । उनीहरुमध्ये एकजना निम्नमाध्यमिक तहका राहत शिक्षक हुन् । बाँकी सबै प्राथमिक तहका शिक्षक रहेको बुझिएको छ ।

नक्कली प्रमाणपत्र छानबिनको साथसाथै अध्यापन अनुमतिपत्रसमेतको छानबिन भएमा रौतहट जिल्लामा राजीनामा दिने शिक्षकको सङ्ख्या अरु बढ्न सक्ने नेपाल शिक्षक युनियन रौतहटका एक सदस्यले बताए ।

प्रतिकृया दिनुहोस

हिमालखबर जनमत

नयाँ सरकारको नेतृत्व कुन पार्टीले गर्नुपर्छ?

परिणाम हेर्नुस्

Loading ... Loading ...
हिमालखबर जनमतको अन्तिम नतीजा साप्ताहिक खबरपत्रिका हिमाल को आगामी अंकमा प्रकाशित गरिनेछ ।*/?>