थप समाचारआइतबार, पौष २०, २०७१

सप्तरीः मृत फेला परेका तीन बालबालिकाको सनाखत

हिमालखबर

सप्तरीको बैरवा गाविसस्थित कोशी नदी छेउमा मृत फेला परेका तीन बालबालिकाको सनाखत भएको छ । तीनै जना एकै परिवारको भएको प्रहरीले जनाएको छ ।

जिल्ला प्रहरी कार्यालय सप्तरीका अनुसार मृत्यु भएका बालबालिका तेरहौता–३ बस्ने अशोक सदाका हुन् । मृत्यु हुने ६ बर्षीय बालक सन्तोष सदा, तीन बर्षीया बालिका सन्तोषी र ६ महिनाकी बालिकाको नाम खुल्न नसकेको प्रहरीको भनाई छ ।

स्थानीयहरुलाई उदृत गर्दै प्रहरीले जनाए अनुसार आमा कुडीदेवीसँग तीनै जना बालबालिका १८ पुसमा घरबाट हिंडेका थिए । तीन बालबालिकाको शव भेटिए पनि उनीहरुकी आमाको अहिलेसम्म पत्तो छैन ।  उनीहरुको घाँटीलाई शरीरसँग जोड्ने रीढको हड्डी भाँचिएको पाइएको  तर तीनै जनाको हड्डी कसरी भाँच्चियो र घटना कसरी भयो भन्ने बारेमा अनुसन्धान भइरहेको डिएसपी केदार ढकालले जानकारी दिए ।

तीनै जना बालबालिका बैरवा गाविसस्थित सप्तकोशी नदीको पश्चिम तटबन्धनको छेउमा रहेको दोभान पोखरीमा १९ पुसमा मृत अवस्थामा फेला परेका थिए ।

श्रवणकुमार देव,राजविराज

प्रतिकृया दिनुहोस

हिमालखबर जनमत

नयाँ सरकारको नेतृत्व कुन पार्टीले गर्नुपर्छ?

परिणाम हेर्नुस्

Loading ... Loading ...
हिमालखबर जनमतको अन्तिम नतीजा साप्ताहिक खबरपत्रिका हिमाल को आगामी अंकमा प्रकाशित गरिनेछ ।*/?>