Warning: mysqli_query(): (HY000/1194): Table 'hk_wfHits' is marked as crashed and should be repaired in /home/mysites/repo/himalkhabar/himalkhabar/wp-includes/wp-db.php on line 2056

WordPress database error: [Table 'hk_wfHits' is marked as crashed and should be repaired]
SELECT MAX(attackLogTime) FROM hk_wfHits


Warning: mysqli_num_fields() expects parameter 1 to be mysqli_result, boolean given in /home/mysites/repo/himalkhabar/himalkhabar/wp-includes/wp-db.php on line 3403
क्रिकेट खेलाडीले मासिक तलब पाउने - Himalkhabar.com

खेलकुदआइतबार, पौष २०, २०७१

क्रिकेट खेलाडीले मासिक तलब पाउने

हिमालखबर

can-logo3नेपाल क्रिकेट सङ्घ (क्यान) ले राष्ट्रिय टोलीका खेलाडीलाई चार समूहमा वर्गीकरण गर्दै मासिक तलब दिने भएको छ ।

‘ए’, ‘बी’, ‘सी’ र ‘डी’ गरी चार समूहमा खेलाडीलाई वर्गीकरण गरी एक वर्षसम्मका लागि मासिक तलब दिने निर्णय गरेको क्यानका कार्यवाहक महासचिव उत्तम कर्माचार्यले जानकारी दिए ।

उनका अनुसार समूह ‘ए’ मा पर्ने खेलाडीले रु ३५ हजार, ‘बी’ मा रु २५ हजार, ‘सी’ मा रु १५ हजार र ‘डी’ समूहमा पर्ने खेलाडीलाई रु पाँच हजार मासिक दिने निर्णय भएको छ ।

महासचिव कर्मचार्यले नेपाली टोलीका मुख्य प्रशिक्षक पुबुदु दासानायकेको मद्धतमा खेलाडीलाई विभिन्न समूहमा वर्गीकरण गरेको बताउँदै समूह ‘डी’ मा पर्ने खेलाडीको नामावली भने निश्चित भइनसकेको बताए ।

नेपाली टोलीका १८ जना खेलाडी भने वर्गीकरणमा परिसकेका छन् । समूह ‘ए’ मा कप्तान पारस खड्का, उपकप्तान ज्ञानेन्द्र मल्ल, वसन्त रेग्मी, सुवास खकुरेल, शक्ति गौचन र शरद भेषवाकर रहेका छन् ।

त्यस्तै समूह ‘बी’ मा सागर पुनः, सोमपाल कामी, विनोद भण्डारी, नरेश बुढाऐर, अमृत भट्टराई, मेहबुब आलम र भुवन कार्की छन् भने समूह ‘सी’ मा अरिफ शेख, जितेन्द्र मुखिया, राहुल विश्वकर्मा, प्रदिप ऐरी र अनिल मण्डल छन् ।

यसैगरी राजेश पुलामी, पृथु बाँस्कोटा, करण केसी र रामनरेश गिरी भने समूह ‘डी’ मा पर्न सक्ने सम्भावना रहेको क्यानले जनाएको छ ।
रासस

प्रतिकृया दिनुहोस

हिमालखबर जनमत

नयाँ सरकारको नेतृत्व कुन पार्टीले गर्नुपर्छ?

परिणाम हेर्नुस्

Loading ... Loading ...
हिमालखबर जनमतको अन्तिम नतीजा साप्ताहिक खबरपत्रिका हिमाल को आगामी अंकमा प्रकाशित गरिनेछ ।*/?>