Warning: mysqli_query(): (HY000/1194): Table 'hk_wfHits' is marked as crashed and should be repaired in /home/mysites/repo/himalkhabar/himalkhabar/wp-includes/wp-db.php on line 2056

WordPress database error: [Table 'hk_wfHits' is marked as crashed and should be repaired]
SELECT MAX(attackLogTime) FROM hk_wfHits


Warning: mysqli_num_fields() expects parameter 1 to be mysqli_result, boolean given in /home/mysites/repo/himalkhabar/himalkhabar/wp-includes/wp-db.php on line 3403
‘किसानलाई माया गर्न दूधको भाउ वृद्धि’ - Himalkhabar.com

अन्तर्वार्ता/विचारसोमबार, पौष २१, २०७१

‘किसानलाई माया गर्न दूधको भाउ वृद्धि’

हिमालखबर

१६ पुसदेखि लागू हुने गरी दूधको मूल्य प्रति लीटर रु.८ बढाएको विषयमा दुग्ध विकास संस्थानका महाप्रबन्धक गंगा तिम्सिनासँग हिमालखबरले गरेको कुराकानीः

तस्वीरः बिक्रम राई

तस्वीरः बिक्रम राई

दूधको मूल्य किन बढ्यो ?

दूध उत्पादक किसानका माग सम्बोधन गर्न । उद्योगको पनि दूध संकलन, प्रशोधन, प्याकेजिङ, बिक्री, प्रशासनिक खर्च बढेकाले मूल्य बढायौं । यसबाट किसानलाई फाइदा पुग्छ ।

मूल्यवृद्धिले किसानलाई कसरी फाइदा पुग्छ ?

बढेको रु.८ मध्ये ५ रुपैयाँ ५२ पैसा किसान र २ रुपैयाँ ४८ पैसा उद्योगलाई हो । यस हिसाबले किसानको भागमा ६९ प्रतिशत परेको छ । अब काठमाडौं उपत्यकाका किसानले सरदरमा लीटरको रु.४६ र बाहिरकाले रु.४३ पाउने छन् । यसरी किसानलाई माया गरिएको छ ।

किसानले त अझै पनि लागत मूल्य बराबरको रकम पाएनन् नि !

उपभोक्ताका लागि न्यायोचित नहुने भएकोले किसानले भने जति मूल्य बढाउन सकेनौं । लागत मूल्य कम गर्न किसान आफैंले प्रयास गर्नुपर्छ । किसानले व्यावसायिक रूपमा घाँस, दाना उत्पादनमा पनि जोड दिनुपर्छ ।

दूधको मूल्य ह्वात्त बढाउँदा साना उत्पादकमाथि अन्याय भयो नि !

किसानले सीधै मूल्य पाउन् भनेर बढी दूध उत्पादन गर्नेलाई बढी मूल्य दिने व्यवस्था गरेका हौं । आफ्नै फार्मबाट दैनिक १०० देखि ८०० लीटरसम्म दूध उत्पादन गर्ने किसानले लीटरमा थप रु.१.२० देखि रु.३ पाउँछन् । दूधमा रहेको ठोस पदार्थ (टीएस) बापत सहकारीलाई दिइँदै आएको प्रति लीटर रु.३ देखि रु३.५० पनि अबदेखि बढी दूध उत्पादन गर्ने किसानले नै पाउने छन् ।

किसानको लागत मूल्य नै घटाउनेतर्फ किन ध्यान नदिएको ?

त्यसका लागि सरकारले नश्ल सुधार, व्यावसायिक घाँस, पशु बीमा, व्याज अनुदान लगायतका कार्यक्रम चलाएको छ । ती कार्यक्रमलाई अझै प्रभावकारी बनाइनुपर्छ ।

साप्ताहिक खबरपत्रिका हिमालबाट

प्रतिकृया दिनुहोस

हिमालखबर जनमत

नयाँ सरकारको नेतृत्व कुन पार्टीले गर्नुपर्छ?

परिणाम हेर्नुस्

Loading ... Loading ...
हिमालखबर जनमतको अन्तिम नतीजा साप्ताहिक खबरपत्रिका हिमाल को आगामी अंकमा प्रकाशित गरिनेछ ।*/?>