थप समाचारसोमबार, पौष २१, २०७१

पत्रकारिता पढेकालाई सूचना अधिकृत बनाउन आग्रह

हिमालखबर

पत्रकारिता विषयमा स्नातकोत्तर तह अध्ययनरत र अध्ययन सम्पन्न गरेकालाई सरकारी निकायमा सूचना अधिकृत पदमा दरखास्त खुलाउन लोकसेवा आयोगलाई आग्रह गरिएको छ ।

केन्द्रीय पत्रकारिता विद्यार्थी समाजले आयोगका अध्यक्ष कयोदेवी यमीलाई चालु आर्थिक वर्षदेखि नै सूचना अधिकृत पद सिर्जना गरी दरखास्त माग गर्न आग्रह गर्र्दै ज्ञापनपत्र बुझाएका हुन् ।

अध्यक्ष यमीले सूचना अधिकृतको पद सिर्जना हुनुपर्ने आफूले पनि महसुस गरेको बताउँदै सामान्य प्रशासन मन्त्रालयले त्यसका लागि प्रक्रिया सुरु गर्नुपर्ने कानुनी प्रावधान रहेको बताइन् ।

सामान्य प्रशासन मन्त्रालयले पद सिर्जना गरी प्रक्रिया अगाडि बढाएमा आयोगका तर्फबाट पूर्ण सहयोग रहने उनले बताइन् । यमीले भनिन्, “पद सिर्जना भएपछि पाठ्यक्रम बनाउने र दरखास्त माग गर्ने काम मात्र आयोगको हो । पद सिर्जना गर्न समान्य प्रशासन मन्त्रालयलाई तपार्इंहरूले ध्यानाकर्षण गराउनुहोस् ।”

प्रतिकृया दिनुहोस

हिमालखबर जनमत

नयाँ सरकारको नेतृत्व कुन पार्टीले गर्नुपर्छ?

परिणाम हेर्नुस्

Loading ... Loading ...
हिमालखबर जनमतको अन्तिम नतीजा साप्ताहिक खबरपत्रिका हिमाल को आगामी अंकमा प्रकाशित गरिनेछ ।*/?>