थप समाचारमंगलबार, पौष २२, २०७१
किराँत जनवादी वर्कसले हतियार वुझायो
पूर्वी नेपालमा सशस्त्र गतिविधि सञ्चालन गर्दै आएको किराँत जनवादी वर्कस पार्टीका कार्यकर्ताले सरकारलाई हतियार वुझाएको छ ।
२२ पुसमा जिल्ला प्रशासन कार्यालय खोटाङमा तीन वटा थ्री नट थ्री राइफल वुझाएको प्रमुख जिल्ला अधिकारी गणेश सापकोटाले बताए ।
उनका अनुसार बीरु किराँतीसहित तीन जना कार्यकर्ताले हतियार वुझाएका हुन् ।
किराँती पार्टीको कमाण्डर रहेको प्रजिअ सापकोटाले बताए । २०६४ मा खोटाङको तीन प्रहरी चौकीमाथि आक्रमण गरेर वर्कसले सशस्त्र गतिविधि सञ्चालन गर्दै आएका थिए ।
प्रतिकृया दिनुहोस
ताजा अपडेट
हिमालखबर जनमत
