थप समाचारमंगलबार, पौष २२, २०७१

उपेन्द्र यादवले भने, ‘खेलको अन्तिममा पुग्यौ’

हिमालखबर

upendra-yadav“सभाध्यक्षले सिठ्ठी फुकिसक्नुभयो । राजनीतिक दल र सभासदहरुले खेल खेल्न सुरु गरिसक्नुभयो”, मधेसी जनाधिकार फोरमका अध्यक्ष उपेन्द्र यादवले भने, “गोल हान्न खेलिरहेका छौँ । अव कुन दलले कति गोल हान्ने हो ?’’

प्रधानमन्त्री निवास वालुवाटारमा २२ पुस विहान कांग्रेससँगको छलफलबाट बाहिरिएका यादव निकै प्रसंन्न मुद्रामा थिए ।

एमाओवादीसहितको ३० दलीय मोर्चाका तर्फबाट सहभागी यादवले भने, ‘‘सभाध्यक्ष त रेफ्री मात्र हो, खेलाडी होइन । गोल हान्ने काम हाम्रै हो ।” यादवले विवादित विषयमा ‘गिभ एण्ड टेक’को छलफल अन्तिम चरण पुगेको बताए ।

उनले भने, ‘‘गोल कसको पक्षमा जान्छ, अन्तिम खेल खेरिरहेका छौं ।’’ एमाओवादीका उपाध्यक्ष नारायणकाजी श्रेष्ठले सभाध्यक्षको अभिव्यक्तिले गम्भीर बनाएकाले अन्तरवस्तुमा सहमति जुटाउन निरन्तर छलफल चलिरहेको बताए ।

स्रोतका अनुसार कांग्रेसले मोर्चासँग संविधानका विवादित विषयमा ‘जेन्टलमेन्ट एग्रिमेन्ट’ जुटाएको छ । तर, २२ पुस दिउँसो ३ बजेबाट बानेश्वरमा शुरु भएको बैठकले अन्तिम रुप दिने तयारी कांग्रेसले गरेको छ ।

 

प्रतिकृया दिनुहोस

हिमालखबर जनमत

नयाँ सरकारको नेतृत्व कुन पार्टीले गर्नुपर्छ?

परिणाम हेर्नुस्

Loading ... Loading ...
हिमालखबर जनमतको अन्तिम नतीजा साप्ताहिक खबरपत्रिका हिमाल को आगामी अंकमा प्रकाशित गरिनेछ ।*/?>