थप समाचारमंगलबार, पौष २२, २०७१

काठमाडौं उपत्यका प्लास्टिक झोलामुक्त हुने

हिमालखबर

सरकारले आगामी १ वैशाखदेखि काठमाडौँ उपत्यकालाई प्लास्टिक झोलामुक्त घोषणा गर्ने भएको छ ।

त्यसका लागि विज्ञान प्रविधि तथा वातावरण मन्त्रालयले तयारी तीव्र पारेको छ ।

वातावरण संरक्षण ऐन २०५३ मा भएका प्रावधान अनुसार यो अभियान चलाउन लागिएको मन्त्रालयले जनाएको छ ।

प्लास्टिकको झोलाले वातावरणमा नकारात्मक प्रभाव पार्ने र त्यसले मानव स्वास्थ्यलाई समेत असर गर्ने भएकाले मन्त्रालयले यो अभियान सुरु गर्ने लागेको हो ।

अभियानलाई सफल बनाउन व्यवस्थापिका–संसद्अन्तर्गत वातावरण संरक्षण समितिले आवश्यक तयारी थाल्न सरकारलाई निर्देशन दिइसकेको छ ।

प्रतिकृया दिनुहोस

हिमालखबर जनमत

नयाँ सरकारको नेतृत्व कुन पार्टीले गर्नुपर्छ?

परिणाम हेर्नुस्

Loading ... Loading ...
हिमालखबर जनमतको अन्तिम नतीजा साप्ताहिक खबरपत्रिका हिमाल को आगामी अंकमा प्रकाशित गरिनेछ ।*/?>