खेलकुदमंगलबार, पौष २२, २०७१

विश्वकप क्रिकेटका लागि भारतीय खेलाडीको छनोट, युवराज बाहिरिए

हिमालखबर

ग्राफिक्स बीबीसीबाट साभार

ग्राफिक्स बीबीसीबाट साभार

भारतीय क्रिकेट बोर्ड (बीसीसीआई)ले सन् २०१५ मा हुने विश्वकप क्रिकेटका लागि खेलाडीहरुको छनोट गरेको छ ।

भारतीय क्रिकेट बोर्डले हालै टेस्ट क्रिकेटबाट सन्यास लिएका महेन्द्र सिंह धोनीको नेतृत्वमा सन् २०१५ को विश्वकप क्रिकेटका खेलाडीहरुको छनोट गरेको हो ।

धोनीसँगै भारतीय टोलीमा शिखर धवन, रोहित शर्मा, अजिंक्य रहाणे, विराट कोहली, सुरेश रैना, रविंद्र जडेजा, आर अश्विन, अंबाती रायडू, ईशांत शर्मा, मोहम्मद शामी, अक्षर पटेल, भुवनेश्वर कुमार, उमेश यादव र स्टुअर्ट बिन्नी रहनेछन् ।

संभावित ३० खेलाडीहरुको सूचीबाट समेत बाहिरै पारिएका युवराज सिंहलाई अंतिम १५ मा पनि राखिएको छैन ।  विश्व कप २०११ मा  प्लेयर ऑफ द टूर्नामेंट  र हालै सम्पन्न  रणजी ट्रफीमा तीन शतक बनाएर उनले आफ्नो बलियो दावेदारी पेश गरेका थिए ।

युवराज बाहेक विश्वकप–२०११ को विजेता टोलीका सदस्यहरु वीरेंद्र सहवाग, गौतम गंभीर, हरभजन सिंह र आशीष नेहरा २०१५ को टोलीमा हुनेछैनन् ।

प्रतिकृया दिनुहोस

हिमालखबर जनमत

नयाँ सरकारको नेतृत्व कुन पार्टीले गर्नुपर्छ?

परिणाम हेर्नुस्

Loading ... Loading ...
हिमालखबर जनमतको अन्तिम नतीजा साप्ताहिक खबरपत्रिका हिमाल को आगामी अंकमा प्रकाशित गरिनेछ ।*/?>