खेलकुदमंगलबार, पौष २२, २०७१

फाल्गुनन्द गोल्डकपको उपाधि आयोजककै पोल्टामा

हिमालखबर

तस्वीर: लक्ष्मी गौतम

तस्वीर: लक्ष्मी गौतम

पूर्वी पहाडी जिल्लाकै सर्वाधिक पुरस्कार राशीको फाल्गुनन्द गोल्डकप फुटवल प्रतियोगिताको उपाधि आयोजक फिदिम स्पोर्टिङ क्लवले जितेको छ ।

प्रतिस्पर्धी बिआरसी फ्यान क्लव भुटानलाई ० का विरुद्व २ गोलले पराजित गर्दै आयोजक उपाधी जित्न सफल भएको हो ।

फिदिम उच्च माविको खेल मैदानमा सम्पन्न खेलमा आयोजकका तर्फवाट मनिस घले र भिक्टोरले खेल शुरु भएको क्रमशः३० औं र ९० औं मिनेटमा गोल गरेका थिए ।

प्रतियोगिताको बिजेता फिदिम स्पोर्टिङ क्लवले रु १ लाख ११ हजार १११ र उपबिजेताले रु ५५ हजार ५५५ नगद पुरस्कार प्राप्त गरेका छन ।

योसँगै फिदिम स्पोर्टिङ क्लवका पासाङ तामाङलाई वेष्ट कोचर, अनारमनी फुटवल क्लव झापाका खेलाडी कर्ण लिम्वूलाई हाई स्कोरर, फिदिम स्पोर्टिङ क्लवकै विनय श्रेष्ठलाई वेष्ट गोलकिपर, सोहि टिमका फ्लोरालाई वेष्ट डिफेन्डर, भुटानका एलविसलाई वेष्ट मिडफिल्डरको पुरस्कार पाए ।

१५ पुसमा शुरु भएको खेलमा भुटान, भारत र काठमाडौंका र पूर्वी नेपालका ५ गरी ८ टिमको सहभागिता थियो ।
लक्ष्मी गौतम, पाँचथर

प्रतिकृया दिनुहोस

हिमालखबर जनमत

नयाँ सरकारको नेतृत्व कुन पार्टीले गर्नुपर्छ?

परिणाम हेर्नुस्

Loading ... Loading ...
हिमालखबर जनमतको अन्तिम नतीजा साप्ताहिक खबरपत्रिका हिमाल को आगामी अंकमा प्रकाशित गरिनेछ ।*/?>