थप समाचारमंगलबार, पौष २२, २०७१

६ जना अपहरणकारी पक्राउ

हिमालखबर

hands-in-handcuffभारतको नौतनहवाबाट पोखरा घुम्न आएका ६ जना भारतीय पर्यटकलाई अपहरण गरी फिरौती लिने ६ जना अपहरणकारीलाई जिल्ला प्रहरी कार्यालय कास्कीले पक्राउ गरेको छ ।

भारतीय पर्यटकहरु २० पुसमा पोखराको लेकसाइडस्थित होटलमा कोठा लिई आफ्नै गाडीबाट मनकामना मन्दिरको दर्शन गर्न त्यसतर्पm गएको र पोखरा फर्कने क्रममा पोखराको चाउथेमा अपहरणकारीले उनीहरूलाई नियन्त्रणमा लिई ‘हङकङ’ होटलमा लगेका थिए ।

होटलमा लगेपछि अपहरणकारीले उनीहरूसँग ५० लाख माग गरेको र नदिए मारिदिन्छौँ भनेको पीडितले बताएका छन् । पीडितले आफूहरूसँग त्यति पैसा छैन, हामीलाई छोडिदिनुस् भनी अनुरोध गर्दा पनि रु ५० हजार दिए हुन्छ भनेका र त्यति पनि छैन भनेपछि रु ३० हजार लिएर छाडिदिएका थिए ।

अपहरणको खबर पाएपछि जिल्ला प्रहरी कार्यालय कास्कीबाट खटिएको प्रहरी टोलीले अपहरणमा संलग्न भारत महाराजगन्जका राजेन्द्रप्रसाद कसौधन, राजेशकुमार कसौधन, सिद्धार्थनगर मुहानाथाना ग्रामका महाजन गुप्ता, म्याग्दीको मुना गाविसका कमल पुनमगरलाई सोही होटलबाट पक्राउ गरेको थियो ।

कास्कीको पार्चे गाविसको सिक्लेसका रोहित सुनार र स्याङ्गजा चिल्नेवासका कमल पुनमगर फिरौती रकम लिई मोटरसाइकल चढी भाग्दै गर्दा कास्कीकै आर्बा विजयको कसेरीमा पक्राउ गरिएको २२ पुसमा आयोजित पत्रकार सम्मेलनमा जानकारी दिइयो ।

अभियुक्तबाट फिरौती रकममध्ये रु २२ हजार ५०० पनि प्रहरीले बरामद गरेको छ ।

अपहरणमा पर्नेमा भारतीय नागरिक गुरदीप सिंह, अमृतपाल सिंह, ममतोज खान, राजीव सिंह, अनुराग मिश्र र भिख्खु मिश्र रहेका छन् ।
रासस

प्रतिकृया दिनुहोस

हिमालखबर जनमत

नयाँ सरकारको नेतृत्व कुन पार्टीले गर्नुपर्छ?

परिणाम हेर्नुस्

Loading ... Loading ...
हिमालखबर जनमतको अन्तिम नतीजा साप्ताहिक खबरपत्रिका हिमाल को आगामी अंकमा प्रकाशित गरिनेछ ।*/?>