थप समाचारमंगलबार, पौष २२, २०७१
नक्कली नागरिकताः भारतीयसहित तीन पक्राउ
सप्तरी प्रहरीले नक्कली नागरिकता लिएर राहदानी बनाउ जिल्ला प्रशासन कार्यालय पुगेका एक भारतीय नागरिकसहित नागरिकता बनाइदिने दुई नेपालीलाई राजविराजबाट पक्राउ गरेको छ ।
झापा घर बताउने भारतको पश्चिम बंगाल निवासी इन्द्रनारायण राजबंशी २२ पुसमा नक्कली नागरिकता बोकेर राहदानी बनाउन जिल्ला प्रशासन कार्यालय पुगेका थिए । उनको नागरिकता नक्कली भएको पुष्टि भएपछि उनकै बयानका आधारमा प्रहरीले नक्कली नागरिकता बनाइदिएको आरोपमा नेपाली कांग्रेस सप्तरीका कार्यकर्ता सुरेन्द्र यादव र कानून व्यवसायी ऋषी देवलाई पनि पक्राउ गरेको छ ।
राजबंशीलाई जिल्ला प्रशासन कार्यालयबाटै तथा यादव र देवलाई एक कम्प्युटर पसलबाट नियन्त्रणमा लिइएको सप्तरीका प्रहरी प्रमुख एसपी दानसिंह बोहराले जानकारी दिए ।
अदालत रोडस्थित एक पसलमा रहेका यादव र देवका साथबाट जिल्ला प्रशासन कार्यालयको स्टाम्प, लेटर प्याड, नक्कली नागरिकता पत्रलगायका सामाग्री बरामद भएको एसपी बोहराले बताए ।
उनीहरुल धेरैलाई नक्कली नागरिकता र पासपोर्ट बनाइदिएको हुनसक्ने प्रहरीको अनुमान छ । “यो गिरोहमा अन्य व्यक्तिहरु पनि सामेल भएको हुन सक्छ’ एसपी बोहराले भने, ‘‘हामी थप छानबिन र अनुसन्धान गरिरहेका छौं ।”
पक्राउ परेका तीनै जनाबिरुद्व जिल्ला अदालतबाट म्याद थप गराइसकिएको उनले जानकारी दिए ।
श्रवणकुमार देव, राजविराज
प्रतिकृया दिनुहोस
ताजा अपडेट
हिमालखबर जनमत
