अर्थ/बजारबिहीबार, पौष २४, २०७१
आयोडिनयुक्त नुनका लागि रु एक करोड ७२ लाख सहयोग
भारतले नेपालमा आयोडिनयुक्त नुनका लागि रु एक करोड ७२ लाख ५० हजार सहयोग गरेको छ ।
वाणिज्य तथा आपूर्ति मन्त्रालयका सचिव नारायणगोपाल मलेगोलाई सो रकमको चेक नेपालका लागि भारतीय राजदूत रणजित रायले हस्तान्तरण गरेका छन् ।
भारतीय प्रधानमन्त्री नरेन्द्र मोदीको नेपाल भ्रमणका क्रममा चालु आवका लागि आयोनुनका लागि रु ६ करोड ९० लाख भारतीय सहयोग गर्ने सहमतिअनुरुप पहिलो किस्ताका रुपमा सो सहयोग दिइएको हो ।
कण्ठरोग निवारण कार्यक्रमअन्तर्गत भारतले सो सहयोग दिएको हो । साल्ट ट्रेडिङ कर्पोरेसनमार्फत भारतबाट आयोडिनयुक्त नुन ल्याउन सो रकम खर्च गरिने छ ।
प्रतिकृया दिनुहोस
ताजा अपडेट
हिमालखबर जनमत
Loading ...
हिमालखबर जनमतको अन्तिम नतीजा साप्ताहिक खबरपत्रिका हिमाल को आगामी अंकमा प्रकाशित गरिनेछ ।*/?>