Warning: mysqli_query(): (HY000/1194): Table 'hk_wfHits' is marked as crashed and should be repaired in /home/mysites/repo/himalkhabar/himalkhabar/wp-includes/wp-db.php on line 2056

WordPress database error: [Table 'hk_wfHits' is marked as crashed and should be repaired]
SELECT MAX(attackLogTime) FROM hk_wfHits


Warning: mysqli_num_fields() expects parameter 1 to be mysqli_result, boolean given in /home/mysites/repo/himalkhabar/himalkhabar/wp-includes/wp-db.php on line 3403
संकटमा सरिताको सत्प्रयास - Himalkhabar.com

रमझमशुक्रबार, पौष २५, २०७१

संकटमा सरिताको सत्प्रयास

हिमालखबर

ऋषिराम कट्टेल

संकटमा सरिताको सत्प्रयासतबलावादक सरिता मिश्र त्योबेला तबला सिक्न थालेकी थिइन्, जतिबेला तबला पुरुषका हातबाट मात्रै बज्न सक्छ भन्ने मान्यता थियो। “मैले तबला सिक्छु भन्दा होमनाथ उपाध्याय गुरुले पनि अचम्म मान्नुभएको थियो”, अढाइ दशकअघिको क्षण सम्झँदै सरिता भन्छिन्।गुरु परम्परा हुँदै तबलामा स्नातकोत्तर (एमम्युज) गरेकी सरिता त्यसयता शास्त्रीय संगीतमै समर्पित छिन्। २२ वर्षअघि नारायण संगीत प्रतिष्ठानको स्थापना गरेकी सरिताले आफूजस्तै संगीत साधकसँगको सहकार्यमा पशुपति क्षेत्रमा किरातेश्वर संगीत आश्रम खोलिन्। शास्त्रीय संगीतको प्रवर्द्धनका लागि थुप्रै काम गरिन्।

पछिल्लो ६ वर्षयता भने उनै सरिता एउटा फरक काम गरिरहेकी छिन्। उनी अनाथ, असहाय, यौन हिंसामा परेका, द्वन्द्व पीडित बालबालिकालाई संगीत सिकाइरहेकी छिन्।

चेली सांगीतिक समूहबाट काठमाडौंको गौरीघाटमा सञ्चालित सरिता नाद पाठशालामा अहिले ७० जना बालबालिका निःशुल्क संगीत सिकिरहेका छन्। विद्यार्थीमध्ये धेरै अनाथ आश्रममा बस्छन्। केही पशुपति क्षेत्रकै शारदा मावि र बालसारथि विद्यालयबाट आउँछन्। माइती नेपालमा रहेका ४० जना बालबालिकाले यसैअन्तर्गत संगीत सिकेका थिए।

संगीतलाई मनोरञ्जनको साधन मात्र ठान्नेहरूका लागि सरिताको पछिल्लो प्रयासको अर्थ फरक लाग्न सक्छ। उनी आफू प्रशिक्षित बालबालिकाले संगीतलाई सीपका रुपमा प्रयोग गरी आत्मनिर्भर बनून् भन्ने चाहन्छिन्। त्यसैले पनि तबलाका अतिरिक्त कक्षामा गायन, बाँसुरी, गितार र भ्वायलिनको कक्षासमेत दिइन्छ। “यही शिल्पबाट गरेर खान सकून्, आत्मनिर्भर बनून् भन्ने हाम्रो उद्देश्य हो”, उनी भन्छिन्। सरिताले अहिलेसम्म १०० भन्दा बढीलाई संगीत सिकाइसकेकी छन्।

सरिताको यस्तो सुकर्ममा अहिले संकट छाएको छ। ६ वर्षदेखि जेनतेन साथीहरूको सहयोग र दातव्यबाट चलिरहेको पाठशाला बन्द हुने अवस्थामा आइपुगेको छ। दुई वर्षयता पाठशालाका लागि घरभाडामा रवीन्द्र पुरीले सहयोग गर्दै आइरहेका छन्। “विभिन्न समयमा थुप्रैले संस्थागत र व्यक्तिगत सहयोग गरेका हुन्, तर त्यसले अब नधान्ने भयो”, उनी भन्छिन्, “त्यसैले सहयोगी हातहरू खोज्दैछु।”

साप्ताहिक खबरपत्रिका हिमालबाट

प्रतिकृया दिनुहोस

हिमालखबर जनमत

नयाँ सरकारको नेतृत्व कुन पार्टीले गर्नुपर्छ?

परिणाम हेर्नुस्

Loading ... Loading ...
हिमालखबर जनमतको अन्तिम नतीजा साप्ताहिक खबरपत्रिका हिमाल को आगामी अंकमा प्रकाशित गरिनेछ ।*/?>