समाचारशुक्रबार, पौष २५, २०७१

श्रीलंकाको नयाँ राष्ट्रपतिमा सिरिसेना निर्वाचित

हिमालखबर

sirisenaमैथ्रिपाला सिरिसेना, राजापाक्षलाई हराउँदै श्रीलंकाका नयाँ राष्ट्रपति निर्वाचित भएका छन् ।

सिरिसेनाले कुल खसेको मतको ५१.३ प्रतिशत मत प्राप्त गरेका छन् उनका मुख्य प्रतिद्वन्द्वी तत्कालीन राष्ट्रपति महिन्दा राजापाक्षले ४७.६ प्रतिशत मत प्राप्त गरे ।

सिरिसेना राजापाक्षको मन्त्रिमण्डलमा स्वास्थ्य मन्त्री थिए । श्रीलंकाको सत्तारूढ़ पार्टी छोड्नुअघि सिरिसेना, श्रीलंका फ्रीडम पार्टीका बलिया नेतामध्ये एक मानिन्थे ।

सिंहाली समुदायको किसान परिवारका सिरिसेनाले अल्पसंख्यकहरुको अधिकार र श्रीलंकाको जातीय संघर्ष बारे कुनै स्पष्ट धारणा सार्वजनिक गरेका छैनन् न त उनले तमिलहरु विरुद्धको युद्ध अपराधमा संलग्न कसैलाई कारवाही गर्ने बताएका छन् ।

गत नोभेम्बर महिनामा आफ्नो उम्मेदवारी घोषणा गर्दै उनले श्रीलंका तानाशाही व्यवस्थातर्फ बढिरहेको, भ्रष्टाचार र कानून व्यवस्थाको समस्या रहेको धारणा राखेका थिए ।

उनले देशको अर्थव्यवस्था र समाजको प्रत्येक तप्का एउटा परिवारको नियन्त्रणमा रहेको भन्दै राजापाक्षको आलोचना गरेका थिए ।

१९ वर्षको उमेरमा चरम वामपंथी दल पीपल्स लिबरेशन फ्रंट (जेवीपी) को विद्रोहमा सहभागी भएको आरोपमा उनले १५ महिना जेल सजाय भोग्नु परेको थियो ।

नोभेम्बरसम्म उनी राजापाक्षको श्रीलंका फ्रीडम पार्टीको महासचिव थिए । अक्टोबर २००८ मा उनको टोलीमाथि तमिल टाइगरले आत्मघाती आक्रमण गर्दा उनी बच्न सफल भएका थिए ।

चामत्कारिक व्यक्तित्व नभए पनि ६३ वर्षीय सिरिसेनाले आम जनतामा स्वच्छ छवीको प्रभाव बनाएका छन् । उनी सिंहाली सहित तमिल, मुसलमान र ईसाई अल्पसंख्यक माझ पनि लोकप्रिय छन् ।

प्रतिकृया दिनुहोस

हिमालखबर जनमत

नयाँ सरकारको नेतृत्व कुन पार्टीले गर्नुपर्छ?

परिणाम हेर्नुस्

Loading ... Loading ...
हिमालखबर जनमतको अन्तिम नतीजा साप्ताहिक खबरपत्रिका हिमाल को आगामी अंकमा प्रकाशित गरिनेछ ।*/?>