Warning: mysqli_query(): (HY000/1194): Table 'hk_wfHits' is marked as crashed and should be repaired in /home/mysites/repo/himalkhabar/himalkhabar/wp-includes/wp-db.php on line 2056

WordPress database error: [Table 'hk_wfHits' is marked as crashed and should be repaired]
SELECT MAX(attackLogTime) FROM hk_wfHits


Warning: mysqli_num_fields() expects parameter 1 to be mysqli_result, boolean given in /home/mysites/repo/himalkhabar/himalkhabar/wp-includes/wp-db.php on line 3403
'संविधान अाउँदैन कसरी भनौं, तर सहमति हुँदैन' - Himalkhabar.com

अन्तर्वार्ता/विचारशुक्रबार, पौष २५, २०७१

‘संविधान अाउँदैन कसरी भनौं, तर सहमति हुँदैन’

हिमालखबर

एमाले अध्यक्ष केपी ओलीले मधेशी जनतासँग माफी नमागेसम्म एमालेसहितको चार दलीय बैठकमा नबस्ने निर्णय गरेको संयुक्त मधेशी मोर्चाले प्रधानमन्त्री सुशील कोइरालाले छलफलका लागि राखेको प्रस्ताव अस्वीकार गरेको छ । मोर्चाका एक घटक सद्भावना पार्टीका अध्यक्ष राजेन्द्र महतोसँग हिमालखबरले गरेको कुराकानी:

फाइल तस्वीर:विक्रम राई

फाइल तस्वीर:विक्रम राई

८ माघमा संविधान आउँछ ?

हाँसो … । भन्नै अप्ठ्यारो पर्न थाल्यो । आउँदैन भनौं कसरी भनौं, आउँछ भनौं भने सहमति हुँदैन ।

अनि, जनतासँगको प्रतिवद्धता ?

दलहरुबीचको सहमतिमै संविधानसभाको निमावली बनाएर कार्यतालिका पारित गर्दा एक बर्ष भयो । ठीकै छ, त्यसमा हाम्रो सहमति छ ।  संविधान आउने ‘डेटलाइन’ ८ माघ नै हो । तर, कांग्रेस र एमालेका कारण संविधान आउन सकेन । हामीले मात्रै चाहेर हुने रहेनछ ।

कांग्रेस–एमालेले सहमति गर्न नमानेको हो ?

यी दलहरुले विगतको सहमतिहरु भूलेर कुरा गर्छन् । मुख्य समस्या यही नै हो । ‘जनयुद्ध’, ‘जनआन्दोलन’, ‘मेधश आन्दोलन’को भावना विपरीत उनीहरुले नौ बुँदे प्रस्ताव ल्याएपछि कसरी सहमति हुन्छ । अनि जनताले नस्वीकार्ने संविधानमा हामीले सहमति गर्नुको अर्थ छैन ।

८ माघमा संविधान आएन भने जनताले तपाईहरुलाई के भन्लान् ?

जनताले बुझ्छन् । कस्को कारणले संविधान आउन नसकेको हो भन्ने परिवर्तनकारी जनताले नबुझ्ने कुरै आउँदैन । २२ पुसमा प्रधानमन्त्रीसँग भएको वार्ताले संविधान बन्नेमा आशा जगाएको थियो । त्यो बैठकमा प्रधानमन्त्रीले मधेशका ५ जिल्लाबारे विकल्पसहितको छलफल अघि बढाउने भनेपछि बालुवाटार पुगेका थियौं । तर, ओलीको अभिव्यक्तिले त्यो आशा पनि मर्‍यो ।

त्यसो भए ८ माघमा संविधान नआउने भयो ?

संविधानको मस्यौदा सम्म ल्याउन सकिन्छ कि भन्ने हो । तर, सहमति बिना ल्याइने मस्यौदाको पनि  अर्थ छैन ।

 ओलीले माफी नमागेसम्म तपाइँहरु  छलफलमा नबस्ने,  उहाँले चाहीं माफी माग्दिन भन्ने  ।  कसरी हुन्छ सहमति  ?

मोर्चाको निर्णय हो । प्रधानमन्त्रीले आज (२५ पुस) फोन गरेर छलफल गरौं भन्नुभएको थियो । तर, हामीले ओलीले माफी नमागेसम्म छलफलमा नबस्ने भन्यौं । ओलीले माफी नमागेसम्म हामी एमालेसँग बैठकमा बस्दैनौं । उहाँले   माफी माग्नुपर्छ । तर, कांग्रेससँग भने अाजै साँझ बैठक गर्दैछौं ।

छलफलमै नबसेपछि कसरी सहमति जुट्छ त ?

संविधान बनेन भने विगतका आन्दोलनको उपलब्धी गुम्छ त्यसैले संविधान बनाउनैपर्छ । ८ माघमा संविधानको मस्यौदा भए पनि ल्याउने प्रयत्न त छँदैछ । तर, जनताले अस्वीकार गर्ने संविधान त बनाउन भएन नि ।

प्रतिकृया दिनुहोस

हिमालखबर जनमत

नयाँ सरकारको नेतृत्व कुन पार्टीले गर्नुपर्छ?

परिणाम हेर्नुस्

Loading ... Loading ...
हिमालखबर जनमतको अन्तिम नतीजा साप्ताहिक खबरपत्रिका हिमाल को आगामी अंकमा प्रकाशित गरिनेछ ।*/?>