समाचारशुक्रबार, पौष २५, २०७१

विवादलाई थाँती राखेर भए पनि संविधान जारी गर्नुपर्छः गौतम

हिमालखबर

तस्वीर: विजयसिंह भारती

तस्वीर: विजयसिंह भारती

उपप्रधानमन्त्री वामदेव गौतमले विवादित विषयहरुलाई थाँती राखेर भए पनि ८ माघमै संविधान जारी हुने बताएका छन् ।

२५ पुसमा प्युठान आइपुगेका उपप्रधानमन्त्री गौतमले संविधान जारी गर्नबाट संविधानसभालाई कसैले अवरोध गर्न नसक्ने भन्दै उनले आफूले भने जस्तो नभए ‘रक्तपात’ मच्चाउँछौ भन्नु अलोकतान्त्रिक र संविधान विरोधी गतिविधि भएको बताए ।

प्यूठानको दोस्रो नगरपरिषद् उद्घाटन गर्न आएका उनले संविधानमा पूर्ण सहमति खोज्नका लागि संवैधानिक राजनीतिक संवाद तथा सहमति समितिको प्रतिवेदन पुनः समितिमै फिर्ता पठाइए पनि नियम, कानून र जनभावना अनुसार समयमै संविधान जारी हुने दाबी गरेका थिए ।

विजयसिंह भारती, प्यूठान

प्रतिकृया दिनुहोस

हिमालखबर जनमत

नयाँ सरकारको नेतृत्व कुन पार्टीले गर्नुपर्छ?

परिणाम हेर्नुस्

Loading ... Loading ...
हिमालखबर जनमतको अन्तिम नतीजा साप्ताहिक खबरपत्रिका हिमाल को आगामी अंकमा प्रकाशित गरिनेछ ।*/?>