Warning: mysqli_query(): (HY000/1194): Table 'hk_wfHits' is marked as crashed and should be repaired in /home/mysites/repo/himalkhabar/himalkhabar/wp-includes/wp-db.php on line 2056

WordPress database error: [Table 'hk_wfHits' is marked as crashed and should be repaired]
SELECT MAX(attackLogTime) FROM hk_wfHits


Warning: mysqli_num_fields() expects parameter 1 to be mysqli_result, boolean given in /home/mysites/repo/himalkhabar/himalkhabar/wp-includes/wp-db.php on line 3403
आइपुग्यो ‘सेभेन समीट वुमेन टीम’ (तस्वीरसहित) - Himalkhabar.com

रमझमशुक्रबार, पौष २५, २०७१

आइपुग्यो ‘सेभेन समीट वुमेन टीम’ (तस्वीरसहित)

हिमालखबर

तस्वीरहरुः बिक्रम राई
आइपुग्यो ‘सेभेन समीट वुमेन टीम’ (तस्वीरसहित)विश्वका सातै महादेशका सर्वोच्च शिखर सफल आरोहण गरेको ‘सेभेन समीट वुमेन टीम’ स्वदेश आइपुगेको छ । अन्टार्टिकाको भिन्सन शिखर आरोहणसँगै सातै महादेशका अग्ला हिमाल आरोहण पूरा गरेको टोली २५ पुसमा स्वदेश आइपुगेको हो ।

आइपुग्यो ‘सेभेन समीट वुमेन टीम’ (तस्वीरसहित)सन् २००८ मा सगरमाथाको सफल आरोहणबाट शुरु भएको ‘सेभेन समीट वुमेन टीम’ ले २३ डिसेम्बर २०१४ मा अन्टार्टिकाको भिन्सन शिखर (४८९२ मीटर) को सफल आरोहण गरेको थियो । विश्वका सातै महादेशका सर्वोच्च शिखरहरु सफल आरोहण गर्ने यो पहिलो समावेशी महिला टोली हो ।

आइपुग्यो ‘सेभेन समीट वुमेन टीम’ (तस्वीरसहित)आरोहण सकेर स्वदेश फर्किएको टोलीको २५ पुसमा त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलमा स्वागत भएको छ । टोलीमा शैली बस्नेत, आशाकुमारी सिंह, माया गुरुङ्ग, चुनु श्रेष्ठ, निम्डोमा शेर्पा, पूजन आचार्य र पेमादिकी शेर्पा छन् ।

आइपुग्यो ‘सेभेन समीट वुमेन टीम’ (तस्वीरसहित)यो टोलीले ‘शिक्षा, सशक्तिकरण तथा वातावरण’ को सन्देश लिएर अष्ट्रेलियाको कोजिअस्को ९२,२२६ मीटर०, युरोपको एल्ब्रुरस ९५,६४५०, अफ्रिकाको किलिमञ्जारो ९५,८९५०, दक्षिण अमेरिकाको अकन्कागुवा ९६,९३६० र उत्तर अमेरिकाको डेनाली ९४,६२९० हिमालको सफल आरोहण गरिसकेको छ।

प्रतिकृया दिनुहोस

हिमालखबर जनमत

नयाँ सरकारको नेतृत्व कुन पार्टीले गर्नुपर्छ?

परिणाम हेर्नुस्

Loading ... Loading ...
हिमालखबर जनमतको अन्तिम नतीजा साप्ताहिक खबरपत्रिका हिमाल को आगामी अंकमा प्रकाशित गरिनेछ ।*/?>