रमझमशनिबार, पौष २६, २०७१

माओवादी नेता बने गीतकार

हिमालखबर

एमाअाेवादीका नेता प्रभु साह ‘मधेस के माटी’ गीति एल्बममार्फत गीतकार र निर्माता बनेका छन् ।

संसद्को अन्तर्राष्ट्रिय सम्बन्ध तथा श्रम समितिका सभापति समेत रहेका साहले जनयुद्धकालमा तत्कालीन नेता मणि थापाको उत्प्रेरणामार्फत आफूले गीत लेख्न सुरु गरेको बताए । उनले एल्बमकाे २६ पुसमा विमाेचन गरेका छन् ।

नयाँ संविधान छिटो र परिवर्तकारी बन्न एल्बमका गीतले सहयोगी भूमिका खेल्ने आशा सभासद् साहले व्यक्त गरे । मधेसका सुख, दुस्ख, खुसी सबैको समिश्रण एल्बममा पाइने उनकाे भनाई छ ।

तराई मधेस सद्भावना पार्टीका सभासद् नरेन्द्र साहले पिछडिएको वर्गले अधिकार प्राप्तिका लागि जनचेतना जगाउन एल्बम सहयोगी हुने आशा गरे ।

उदितनारायण झा, रामा मण्डल, रिकु जयसवाल, रामबाबु पटेल, मनिषा पोखरेल, इन्दु सोनाली, रविराजलगायत कलाकारको स्वर रहेको एल्बममा सातवटा गीत रहेको र ती सबै भोजपुरी भाषामा छन् ।

एल्बमका केही गीत भारत र केही नेपालमा रेकडिङ गरिएका हुन् । एल्बमका गीतमा सङ्गीतकार शिखर सन्तोष र रामबाबु पटेल र गीतकारको रुपमा उपेन्द्र साहनी पनि रहेका छन् ।

प्रतिकृया दिनुहोस

हिमालखबर जनमत

नयाँ सरकारको नेतृत्व कुन पार्टीले गर्नुपर्छ?

परिणाम हेर्नुस्

Loading ... Loading ...
हिमालखबर जनमतको अन्तिम नतीजा साप्ताहिक खबरपत्रिका हिमाल को आगामी अंकमा प्रकाशित गरिनेछ ।*/?>