रमझमआइतबार, पौष २७, २०७१

संविधानका लागि सडकमा स्रष्टाहरु

हिमालखबर

जनसाहित्यिक मञ्चले ‘स्रष्टाको आह्वान माघ–८ मै संविधान’ मूल नाराका साथ मोरङमा सडक कविता गोष्ठीलाई निरन्तरता दिएको छ ।

बेलबारीबाट प्रारम्भ भएको दबाबमूलक कविता गोष्ठी पथरी हुँदै लेटाङ बजारमा सम्पन्न भएको छ ।

मञ्चका अध्यक्ष मधु पोखरेलको अध्यक्षता र नेपाल सङ्गीत तथा नाट्य प्रज्ञा प्रतिष्ठानका प्राज्ञ खेम नेपालीको प्रमुख आतिथ्यमा सञ्चालित कार्यक्रममा विभिन्न स्रष्टाले ८ माघमै संविधान पाउनु नागरिकको अधिकार हो भन्ने आसयका सिर्जनामार्फत नेताहरूप्रति व्यङ्ग्यात्मक कविता प्रस्तुत गरेका थिए ।

सडकमा सिर्जना वाचन गर्नेमा स्थानीय स्रष्टा ख्याम न्यौपाने, शिवनारायण पण्डित, बाबुराम श्रेष्ठ, यज्ञ परिश्रमी, गण्डकीपुत्र, मधु पोखरेल, रोहित पराईलगायत थिए ।

प्रतिकृया दिनुहोस

हिमालखबर जनमत

नयाँ सरकारको नेतृत्व कुन पार्टीले गर्नुपर्छ?

परिणाम हेर्नुस्

Loading ... Loading ...
हिमालखबर जनमतको अन्तिम नतीजा साप्ताहिक खबरपत्रिका हिमाल को आगामी अंकमा प्रकाशित गरिनेछ ।*/?>