Warning: mysqli_query(): (HY000/1194): Table 'hk_wfHits' is marked as crashed and should be repaired in /home/mysites/repo/himalkhabar/himalkhabar/wp-includes/wp-db.php on line 2056

WordPress database error: [Table 'hk_wfHits' is marked as crashed and should be repaired]
SELECT MAX(attackLogTime) FROM hk_wfHits


Warning: mysqli_num_fields() expects parameter 1 to be mysqli_result, boolean given in /home/mysites/repo/himalkhabar/himalkhabar/wp-includes/wp-db.php on line 3403
अख्तियारको डर देखाएर ठग्ने पक्राउ - Himalkhabar.com

थप समाचारसोमबार, पौष २८, २०७१

अख्तियारको डर देखाएर ठग्ने पक्राउ

हिमालखबर

अख्तियार दुरुपयोग अनुसन्धान आयोगको कर्मचारी भन्दै ठगी गर्ने दम्पत्ति पक्राउ परेका छन् । सुनसरी मोरङ सिँचाइ आयोजना विराटनगरका डिभिजनल इन्जिनियरसँग रु.१० लाख माग गर्ने दम्पत्ति २८ पुसमा अख्तियार दुरपयोग अनुसन्धान आयोग काठमाडौंको विशेष टोलीले विराटगरस्थित रत्ना होटेलबाट पक्राउ गरेको हो ।

पक्राउ पर्नेमा मोरङको कटहरी बस्ने रामबहादुर भण्डारी र उनकी श्रीमती तुलसा भण्डारी रहेको छन् । टोलीले उनीहरुको साथबाट रु.५० हजार समेत बरामद गरेको छ ।

भण्डारीले आफू नेपाल हिन्दू धर्म संरक्षण मञ्चको कार्यबाहक अध्यक्ष रहेको बताएको अनुसन्धान टोलीले जनाएको छ ।

दम्पत्तिले दुई महीनादेखि आफू अख्तियारको कर्मचारी भन्दै पटकपटक धम्काउने गरेका थिए । सुनसरी–मोरङका डिई सुखदेव चौधरीले आफूलाई विगत दुई महिनादेखि पिसिओ र मोबाइलबाट ‘म अख्तियारको गणेश तिम्सिना बोलेको, तपार्इंमाथिको छानबिनको फाइल मेरो टेबुलमा छ, तुरुन्त १० लाख दिनुस्, नत्र कारबाही हुन्छ’ भनेर पटकपटक धम्कयाउने गरेको बताए ।

अनुसन्धान टोलीले पक्राउ परेका दम्पत्तिबारे थप अनुसन्धान गरिने जनाएको छ ।
रासस

प्रतिकृया दिनुहोस

हिमालखबर जनमत

नयाँ सरकारको नेतृत्व कुन पार्टीले गर्नुपर्छ?

परिणाम हेर्नुस्

Loading ... Loading ...
हिमालखबर जनमतको अन्तिम नतीजा साप्ताहिक खबरपत्रिका हिमाल को आगामी अंकमा प्रकाशित गरिनेछ ।*/?>