खेलकुदमंगलबार, पौष २९, २०७१

रोनाल्डो तेस्रोपल्ट वर्ष खेलाडी

हिमालखबर

तस्वीरः फिफा डट कम

तस्वीरः फिफा डट कम

पोर्चुगलका कप्तान क्रिष्टियानो रोनाल्डोले तेस्रोपटक ‘फिफा बेलोन डि’ओर वर्ल्ड फूटबलर अफ दी इयर’ उपाधि जितेका छन् । अर्जेन्टिनाका लियोनल मेसी र जर्मनीका म्यानुयल नेउरलाई पछि पार्दै यस वर्षको उपाधि पनि रोनाल्डोले जितेका हुन् ।

गत वर्षका विजेता रोनाल्डोले योसँगै तेस्रोपटक ‘फिफा बेलोन डि’ओर वर्ल्ड फूटबलर अफ दी इयर’ उपाधि हात पारेका हुन् । २८ पुस राति भएको उपाधि घोषणामा रोनाल्डोले मेसीलाई पछि पारे ।

स्पेनको रियल मेड्रिडबाट खेल्दै आएका रोनाल्डोले उत्कृष्ट छनौटका लागि भएको मतदानमा ३७.६६ मत पाए । बार्सिलोनाका मेसीले भने १५.७६ र वायर्न म्युनिखका गालकिपर नेउरले १५.७२ प्रतिशत मत पाए ।

प्रतिकृया दिनुहोस

हिमालखबर जनमत

नयाँ सरकारको नेतृत्व कुन पार्टीले गर्नुपर्छ?

परिणाम हेर्नुस्

Loading ... Loading ...
हिमालखबर जनमतको अन्तिम नतीजा साप्ताहिक खबरपत्रिका हिमाल को आगामी अंकमा प्रकाशित गरिनेछ ।*/?>