Warning: mysqli_query(): (HY000/1194): Table 'hk_wfHits' is marked as crashed and should be repaired in /home/mysites/repo/himalkhabar/himalkhabar/wp-includes/wp-db.php on line 2056

WordPress database error: [Table 'hk_wfHits' is marked as crashed and should be repaired]
SELECT MAX(attackLogTime) FROM hk_wfHits


Warning: mysqli_num_fields() expects parameter 1 to be mysqli_result, boolean given in /home/mysites/repo/himalkhabar/himalkhabar/wp-includes/wp-db.php on line 3403
प्रधानमन्त्रीद्वारा शर्माको पार्थिव शरीरमा श्रद्धाञ्जलि अर्पण - Himalkhabar.com

थप समाचारमंगलबार, पौष २९, २०७१

प्रधानमन्त्रीद्वारा शर्माको पार्थिव शरीरमा श्रद्धाञ्जलि अर्पण

हिमालखबर

प्रधानमन्त्री सुशील कोइरालाले व्यवसायी तथा उद्योगी बिएल शर्माको पार्थिव शरीरमा श्रद्धाञ्जलि दिएका छन् ।

blsharma_680824769२७ पुसमा ९१ वर्षको उमेरमा निधन भएका शर्माको पार्थिव शरीरलाई अन्तिम श्रद्धाञ्जलिका लागि नयाँ बानेश्वरस्थित अनमोल क्याटरिङमा राखिएको छ ।

पार्थिव शरीरमा श्रद्धाञ्जलि दिन पूर्व प्रधानमन्त्रीहरु सूर्यबहादुर थापा, झलनाथ खनाल, माधवकुमार नेपाल र शेरबहादुर देउवा, नेपाली काँग्रेसका उपसभापति रामचन्द्र पौडेल, उपप्रधानमन्त्री वामदेव गौतम, सञ्चारमन्त्री मीनेन्द्र रिजाल, कानून तथा न्यायमन्त्री नरहरि आचार्यलगायत उद्योगी, समाजसेवी तथा सर्वसाधारणको उपस्थिति थियो ।

थापाथलीस्थित नर्भिक अन्तर्राष्ट्रिय अस्पतालमा उपचारका क्रममा निधन भएका शर्माका श्रीमती र तीन छोरी छन् । स्व शर्माको शवयात्रा गरी निवासस्थान बाफलमा पुर्‍याइएपछि आजै अन्त्येष्टि गरिने उनका व्यावसायिक साझेदार शिव सरावगीले जानकारी दिए ।

नेपालमा विसं २००७ को प्रजातान्त्रिक आन्दोलनका क्रममा तत्कालीन राजा त्रिभुवनको नजिक रही सम्पर्क माध्यमका रुपमा कार्य गरेका शर्मा नेपालमा मिठाई व्यवसाय तथा क्याटरिङ व्यवसायलाई संस्थागत गर्न योगदान पुर्‍याएका थिए ।

भारतीय व्यावसायिक समूह ‘बिरला समूह’ लाई नेपाल भित्र्याएका शर्मा अनमोल क्याटरिङ सर्भिस प्रालिका संस्थापक अध्यक्ष तथा आम्रपाली बेङ्क्वेटका सञ्चालक थिए । उनी विसं २०११ मा सल्लाहकार सभामा मनोनीत समेत भएका थिए भने हाल पशुपति क्षेत्र विकास कोषका सदस्य थिए ।

त्यसैगरी, उनी रेडक्रस, क्षयरोग निवारण सङ्घ, परिवार नियोजन सङ्घ, रोटरी क्लब, श्री ५ त्रिभुवन स्मारक समिति, मारवाडी सेवा समिति, नेपाल भारत सम्पर्क मञ्च तथा मारवाडी ब्राह्मण समाजका संस्थापक अध्यक्ष थिए ।
रासस

प्रतिकृया दिनुहोस

हिमालखबर जनमत

नयाँ सरकारको नेतृत्व कुन पार्टीले गर्नुपर्छ?

परिणाम हेर्नुस्

Loading ... Loading ...
हिमालखबर जनमतको अन्तिम नतीजा साप्ताहिक खबरपत्रिका हिमाल को आगामी अंकमा प्रकाशित गरिनेछ ।*/?>