Warning: mysqli_query(): (HY000/1194): Table 'hk_wfHits' is marked as crashed and should be repaired in /home/mysites/repo/himalkhabar/himalkhabar/wp-includes/wp-db.php on line 2056

WordPress database error: [Table 'hk_wfHits' is marked as crashed and should be repaired]
SELECT MAX(attackLogTime) FROM hk_wfHits


Warning: mysqli_num_fields() expects parameter 1 to be mysqli_result, boolean given in /home/mysites/repo/himalkhabar/himalkhabar/wp-includes/wp-db.php on line 3403
बन्दमा राजधानी (फोटोफिचर) - Himalkhabar.com

ब्लगमंगलबार, पौष २९, २०७१

बन्दमा राजधानी (फोटोफिचर)

बिक्रम राई

बन्दमा सवारी साधन नपाएपछि पैदल हि‌डदै गरेका यात्रु त्रिपुरेश्वरमा ।

बन्दमा सवारी साधन नपाएपछि पैदल हि‌डदै गरेका यात्रु त्रिपुरेश्वरमा ।

एमाओवादीसहितको ३० दलीय मोर्चा र नेकपा–माओवादीले २९ भदौमा छुट्टाछुट्टै आह्वान गरेको बन्दका कारण सर्वसाधारणले सास्ती पाएका छन् ।
शैक्षिक संस्था, कलकारखाना, पसल, बजार बन्द रहे भने न्यून संख्यामा मात्र यातायात चल्दा यात्रुहरु पैदल नै हिडिरहेका भेटिए ।

bandh1

बन्दको विरोधमा काठमाडौंको नयाँ बानेश्वरमा प्रदर्शन गर्दै सर्वसाधारण ।

बन्दको बिरोधमा सवारी साधन लिएरै सडकमा उत्रने सर्वसाधारणको संख्या पनि अन्य बन्दहरु भन्दा बढी नै देखियो ।

राजधानीको नयाँ बानेश्वर, माइतीघर मण्डला लगायतका ठाउँमा सर्वसाधारणले बन्दबिरुद्ध प्लेकार्डसहित बिरोध गरे ।

 

नयाँ बानेश्वरमा बन्द विरोधि र बन्द गराउँदै हि‌डेका कार्यकर्ताबीच केही बेर भनाभन् समेत भएको थियो ।

नयाँ बानेश्वरमा बन्द विरोधि र बन्द गराउँदै हि‌डेका कार्यकर्ताबीच केही बेर भनाभन् समेत भएको थियो ।

नयाँ बानेश्वरमा भने बन्दकर्ता र बन्दको बिरोधमा उत्रिएका सर्वसाधारणबीच विवाद हुँदा प्रहरीले हस्तक्षेप गर्नुपरेको थियो ।

बन्दकर्ताले भक्तपुरमा रफत सञ्चार क्लबका अध्यक्ष एवम् सगरमाथा टेलिभिजनका पत्रकार सुशीलबन्धु थापामाथि आक्रमण गरे ।

 

बन्दकर्ताले मोटरसाइकल चलाउन नदिएपछि सानो नानीलाई राखेर मोटरसाइकल डोर्‍याउँदै गरेका यात्रु ।

बन्दकर्ताले मोटरसाइकल चलाउन नदिएपछि सानो नानीलाई राखेर मोटरसाइकल डोर्‍याउँदै गरेका यात्रु ।

२९ पुस बिहानै सार्वजनिक यातायात ‘साझा’को बसलाई बन्दकर्ताले ठाउँ ठाउँमा केही बेर रोके पनि साझाले दिनभर यात्रुहरुलाई सेवा पु¥याएको थियो । दोलखामा भने बन्दको प्रभाव नपरेपछि दिउँसो एक बजे नै बन्दका आयोजकले फिर्ता लिए ।

 

एयरपोर्ट नजिक सिनामङ्गलमा रिक्सामा गन्तब्यतर्फ जाँदै गरेका यात्रु ।

एयरपोर्ट नजिक सिनामङ्गलमा रिक्सामा गन्तब्यतर्फ जाँदै गरेका यात्रु ।

बन्दकर्ताले स्कूल बस र पर्यटकको गाडीमाथि पनि आक्रमण गरेका थिए । महोत्तरीको जलेश्वरमा पर्यटक बोकेको भारतीय गाडी मोर्चाका कार्यकर्ताले तोडफोड गरे भने विराटनगरस्थित सिटी कलेजको गाडी तोडफोड गरेका थिए ।

माइतीघरमा बन्दविरोधि प्रदर्शन गर्दै 'विवेकशिल नेपाली' को समूह ।

माइतीघरमा बन्दविरोधि प्रदर्शन गर्दै ‘विवेकशिल नेपाली’ को समूह ।

मुख छोपेर आएका बन्दकर्ताले शिक्षक तथा विद्यार्थीमाथि समेत कुटपिट गरेका थिए ।

बन्द गराउन हिंडेका ३० दलीय मोर्चाका कार्यकर्ता

बन्द गराउन हिंडेका ३० दलीय मोर्चाका कार्यकर्ता

तस्बीरहरु सबै: बिक्रम राई

प्रतिकृया दिनुहोस

हिमालखबर जनमत

नयाँ सरकारको नेतृत्व कुन पार्टीले गर्नुपर्छ?

परिणाम हेर्नुस्

Loading ... Loading ...
हिमालखबर जनमतको अन्तिम नतीजा साप्ताहिक खबरपत्रिका हिमाल को आगामी अंकमा प्रकाशित गरिनेछ ।*/?>