Warning: mysqli_query(): (HY000/1194): Table 'hk_wfHits' is marked as crashed and should be repaired in /home/mysites/repo/himalkhabar/himalkhabar/wp-includes/wp-db.php on line 2056

WordPress database error: [Table 'hk_wfHits' is marked as crashed and should be repaired]
SELECT MAX(attackLogTime) FROM hk_wfHits


Warning: mysqli_num_fields() expects parameter 1 to be mysqli_result, boolean given in /home/mysites/repo/himalkhabar/himalkhabar/wp-includes/wp-db.php on line 3403
आगो लगाएर महिलाको हत्या - Himalkhabar.com

थप समाचारबुधबार, पौष ३०, २०७१

आगो लगाएर महिलाको हत्या

हिमालखबर

कैलालीको जोशीपुरमा एक महिलाको आगो लगाएर हत्या भएको छ । जोशीपुर गाविस–८ घुसरी गाउँकी मीरा कठरियाको आगो लगाइ हत्या भएको हो ।

उनका श्रीमान् महेन्द्र कठरियाले आगो लगाएर श्रीमतीको हत्या गरेको जिल्ला प्रहरी कार्यालय कैलालीले जनाएको छ । प्रारम्भिक अनुसन्धानमा २८ पुस राति महेन्द्रले घरको आँगनमा श्रीमतीको शरीरमा गहुँको भुसा र मट्टितेल खन्याएर आगो लगाएको फेला परेको कार्यालयको भनाइ छ ।

गाउँ नजिकै लागेको मेलामा मदिरा सेवर गरेर फर्किएका उनले आगो लगाएको स्वीकारेको इलाका प्रहरी कार्यालय भजनीका प्रहरी निरीक्षक भरत शाहले बताए । महेन्द्रको आँगनमा आगो दन्किएको खबर गाउँलेले राति नै दिएपछि प्रहरी टोली घटनास्थल पुगेको थियो ।

तर, टोली घटनास्थलमा पुग्दा मीराको मृत्यु भइसकेको प्रहरीको भनाइ छ । प्रहरीले महेन्द्रलाई हिरासतमा लिएको छ ।
रासस

प्रतिकृया दिनुहोस

हिमालखबर जनमत

नयाँ सरकारको नेतृत्व कुन पार्टीले गर्नुपर्छ?

परिणाम हेर्नुस्

Loading ... Loading ...
हिमालखबर जनमतको अन्तिम नतीजा साप्ताहिक खबरपत्रिका हिमाल को आगामी अंकमा प्रकाशित गरिनेछ ।*/?>