Warning: mysqli_query(): (HY000/1194): Table 'hk_wfHits' is marked as crashed and should be repaired in /home/mysites/repo/himalkhabar/himalkhabar/wp-includes/wp-db.php on line 2056

WordPress database error: [Table 'hk_wfHits' is marked as crashed and should be repaired]
SELECT MAX(attackLogTime) FROM hk_wfHits


Warning: mysqli_num_fields() expects parameter 1 to be mysqli_result, boolean given in /home/mysites/repo/himalkhabar/himalkhabar/wp-includes/wp-db.php on line 3403
लेवनानमा यातनासँगै कैद भोगेर फर्किन् नेपाली चेली - Himalkhabar.com

थप समाचारबुधबार, पौष ३०, २०७१

लेवनानमा यातनासँगै कैद भोगेर फर्किन् नेपाली चेली

हिमालखबर

कञ्चनपुर पुनर्वास नगरपालिकाकी एक युवती विदेशमा यातना र कैद सजाय भोगेर घर फर्किएकी छिन् ।

घरपरिवारको ऋण तिर्ने र घरजग्गा जोड्ने सपना बुनेर झण्डै अठार महिनाअघि दुवई हुँदै लेवनान पुगेकी पुनर्वास–१ बीचफाँटाकी मन्दरा राना क्षेत्रीले त्यसको साटो अकल्पनीय यातना र कैद यथार्थमा भोग्नुपर्‍यो ।

लेवनानको एक घरमा कामदारको रुपमा करिब डेढ वर्ष काम गरेकी २३ वर्षीया मन्दराले मालिकबाट शारीरिक यातनासँगै चोरीको आरोपमा चार महिना जेल सजायसमेत भोग्नुपरेको दुखेसो पोखिन् ।

“चार/पाँच महिना घरमालिकले राम्रै व्यवहार गरे । त्यसपछि अनेकन बहानामा दुवैले कुटपिट गर्न थाले” उनले भनिन्, “घर जान्छु भन्दा पैसा पनि दिएनन् । राम्ररी खान पनि दिएनन् ।”

अवैधरुपमा १७ चैत २०६९ मा लेवनान पुगेकी उनले अन्तमा घरमालिकले चोरीको आरोपमा आफूलाई प्रहरीमा बुझाएको बताइन्। ‘चार महिना जेलमा बसेपछि एकाएक प्रहरीले एयरपोर्ट पुर्‍यायो’, उनले भनिन्, “त्यहाँबाट सोझै काठमाडाैं ओर्लिएँ ।”

यसबीचमा एक जना नेपालीले उनकाे श्रीमान् प्रेमबहादुर राना क्षेत्रीलाई उनी जेलमा रहेको खबर पुर्‍याउन सहयोग गरेको उनकाे भनाइ छ । प्रेम पनि वैदेशिक रोजगारीको सिलसिलामा युएइमा छन् ।

प्रतिकृया दिनुहोस

हिमालखबर जनमत

नयाँ सरकारको नेतृत्व कुन पार्टीले गर्नुपर्छ?

परिणाम हेर्नुस्

Loading ... Loading ...
हिमालखबर जनमतको अन्तिम नतीजा साप्ताहिक खबरपत्रिका हिमाल को आगामी अंकमा प्रकाशित गरिनेछ ।*/?>