Warning: mysqli_query(): (HY000/1194): Table 'hk_wfHits' is marked as crashed and should be repaired in /home/mysites/repo/himalkhabar/himalkhabar/wp-includes/wp-db.php on line 2056

WordPress database error: [Table 'hk_wfHits' is marked as crashed and should be repaired]
SELECT MAX(attackLogTime) FROM hk_wfHits


Warning: mysqli_num_fields() expects parameter 1 to be mysqli_result, boolean given in /home/mysites/repo/himalkhabar/himalkhabar/wp-includes/wp-db.php on line 3403
एकताको प्रतीक संविधान - Himalkhabar.com

टिप्पणीबुधबार, पौष ३०, २०७१

एकताको प्रतीक संविधान

गगन थापा

समयको कुनै कालखण्डमा नेपाल एक आपसमा बेमेल र युद्ध भइरहने स(साना बाइसे र चौबिसे राज्यहरुको समूह थियो ।

ती साना राज्यहरुको भौगोलिक एकीकरण भर्इ एउटै देश बनेको सत्य हो। त्यो एकीकरण नभएको भए के हुने थियो भन्ने कुरालाई विभिन्न कोणबाट व्याख्या गर्न सकिन्छ। जस्तै– नेपाल कुनै ठूलो देशको हिस्सा हुन सक्थ्यो वा त्यसरी नै स-साना राज्यका रुपमा रहने थियो।

Prithivi_narayanबीपीले भन्नुभएको छ, “पृथ्वीनारायण शाह र उनका उत्तराधिकारीहरुको तत्कालीन उद्देश्य गोरखा राज्यको विस्तार भन्दा अरु केही थिएन। त्यसलाई राष्ट्रिय एकताको अभियान थियो भन्नु गलत हुनेछ। त्यस समयमा नेपाली राष्ट्रियता भन्ने भावना र कल्पनासम्म पनि थिएन। त्यो त पछि उदय भएको एउटा ऐतिहासिक तत्व हो।”

त्यो गोरखा राज्यको विस्तार मात्रै नै थियो भने पनि पृथ्वीनारायण शाहको नायकत्व, बहादुरी र कुटनीतिक भूमिकाका कारण नेपालको भूगोल प्राप्त भएको एक ऐतिहासिक सत्य हो । त्यो एकीकरणबाट प्राप्त भूभागमा नै नेपाल राज्यको परिकल्पना गरिएको हो, जुन भू–भाग नभएको भए सम्भव थिएन।

राष्ट्रिय एकताका वारेमा बीपीले भन्नुभएको छ, “राष्ट्रियताको विकासका सन्दर्भमा २००७ सालको क्रान्ति एउटा बलियो पाईलाको प्रथम चाल थियो भन्न सकिन्छ। त्यसभन्दा पहिला नेपाली जनताले देशव्यापी रुपमा एउटै भावनामा बाँधिएर कुनै कार्य संपादन गरेका थिएनन्।”

त्यही २००७ सालदेखि आजसम्म जनताको लोकप्रिय आन्दोलनले स्थापित गरेका मुद्दाहरुलाई सम्बोधन नगरेसम्म यो भौगोलिक नेपालको ढाँचामा आत्माको आविष्कार हुदैन, यो जीवन्त बन्दैन।

यसरी हेर्दा नेपालको एकीकरण भएकै होईन भन्नू एक अतिवादी सोच हो। यसैगरी त्यो एकीकरणबाट नै नेपालभित्र रहेका समाबेसी र प्रतिनिधित्वका सबै मुद्दा समाप्त भए, नेपाल भित्र भावनात्मक एकीकरणको काम अब बाँकी छैन भन्नू पनि अर्को अतिवादी सोच हो।

यी दुई अतिवादी सोचका माझमा हामीले एकातर्फ नेपालको एकीकरण भएको सत्यलाई स्वीकार्नु पर्छ भने अर्कोतर्फ उक्त एकीकरण गर्ने राजाको वंश जनताको लोकप्रिय जनआन्दोलन मार्फत समाप्त भएको अर्को ऐतिहासिक सत्यलाई पनि स्वीकार्नु पर्छ।

अतः हामीले नेपालमा भएका ऐतिहासिक परिवर्तनलाई स्वीकार गर्दै यो यथार्थको जगमा टेकेर पृथ्वीनारायण शाहलाई सम्झनुपर्छ र सम्झदै गर्दा कृतज्ञ भएर नै सम्झनुपर्छ किनकी उनले दिएको शारीरिक ढाँचामा आत्मा भरेर नेपाल राष्ट्रलाई जीवन्त बनाउने अवसर जो हामीलाई प्राप्त भएको छ।

अनि भन्नु पर्छ अब नेपालको राष्ट्रिय एकताको प्रतीक भनेको ‘संघीय लोकतान्त्रिक गणतन्त्र नेपालको संविधान’ मात्रै हो जसले हामीभित्रको विविधतामा एकता र एकताभित्रको विविधतालाई सुनिश्चित गर्ने छ ।

प्रतिकृया दिनुहोस

हिमालखबर जनमत

नयाँ सरकारको नेतृत्व कुन पार्टीले गर्नुपर्छ?

परिणाम हेर्नुस्

Loading ... Loading ...
हिमालखबर जनमतको अन्तिम नतीजा साप्ताहिक खबरपत्रिका हिमाल को आगामी अंकमा प्रकाशित गरिनेछ ।*/?>