Warning: mysqli_query(): (HY000/1194): Table 'hk_wfHits' is marked as crashed and should be repaired in /home/mysites/repo/himalkhabar/himalkhabar/wp-includes/wp-db.php on line 2056

WordPress database error: [Table 'hk_wfHits' is marked as crashed and should be repaired]
SELECT MAX(attackLogTime) FROM hk_wfHits


Warning: mysqli_num_fields() expects parameter 1 to be mysqli_result, boolean given in /home/mysites/repo/himalkhabar/himalkhabar/wp-includes/wp-db.php on line 3403
दुर्घटनामा चारजनाको मृत्यु - Himalkhabar.com

थप समाचारबिहीबार, माघ १, २०७१

दुर्घटनामा चारजनाको मृत्यु

हिमालखबर

चितवनको दारेचोक र दाङको रिहारमा भएको बेग्ला बेग्लै सवारी दुर्घटनामा चारजनाको मृत्यु भएको छ भने अर्का दुईजना गम्भीर घाइते भएका छन् ।

चितवनमा ३० पुस साँझ भएको दुर्घटनामा गम्भीर घाइते भएका चारमध्ये दुईजनाको भरतपुर अस्पतालमा उपचारका क्रममा मृत्यु भएको प्रहरीले जनाएको छ ।

दुर्घटनामा परी चितवन भरतपुर–९ का ३० वर्षीय राजु श्रेष्ठ र भरतपुर–२ क्षेत्रपुरका हासन श्रेष्ठको मृत्यु भएको जिल्ला प्रहरी कार्यालय चितवनले जानकारी दिएको छ ।

नारायणगढबाट काठमाडौंतर्फ जाँदै गरेको लु १ ख ५१२८ नम्बरको ट्रकसँगै विपरीत दिशाबाट आइरहेको ना ९ प४१४० तथा बा ५१ प २५८० नम्बरको मोटरसाइकल दारेचोक–४ मा ठोक्किंदा दुर्घटना भएको हो ।
दाङको सतवरिया–८ रिहारमा १ माघ विहान बसले ठक्कर दिँदा दुई तीर्थारुको मृत्यु भएको छ ।

माघे सङ्क्रान्तिको अवसरमा रिहारको बगार बाबा धार्मिकस्थलमा नुहाउन आएका बाँके हिरमोनिया–२ की ४० वर्षीय निया माहुत र उनकी पाँच वर्षीया नातिनी ज्योतीलाई बसले ठक्कर दिँदा घटनास्थलमै मृत्यु भएको प्रहरीले जनाएको छ ।

तीर्थारु बोक्न रिहार आएको ना ४ ख २३१३ नम्बरको बस धक्का दिएर सुचारु (स्टार्ट) गर्ने क्रममा ब्रेक फेल भई हजुरआमा र नातिनीलाई ठक्कर दिएको वडा प्रहरी कार्यालय लमहीका प्रहरी प्रमुख लक्ष्मणबहादुर शाहीले जानकारी दिए ।

ठक्कर दिने बस प्रहरी नियन्त्रणमा छ भने चालक फरार रहेको प्रहरीले जनाएको छ ।
रासस

प्रतिकृया दिनुहोस

हिमालखबर जनमत

नयाँ सरकारको नेतृत्व कुन पार्टीले गर्नुपर्छ?

परिणाम हेर्नुस्

Loading ... Loading ...
हिमालखबर जनमतको अन्तिम नतीजा साप्ताहिक खबरपत्रिका हिमाल को आगामी अंकमा प्रकाशित गरिनेछ ।*/?>