Warning: mysqli_query(): (HY000/1194): Table 'hk_wfHits' is marked as crashed and should be repaired in /home/mysites/repo/himalkhabar/himalkhabar/wp-includes/wp-db.php on line 2056

WordPress database error: [Table 'hk_wfHits' is marked as crashed and should be repaired]
SELECT MAX(attackLogTime) FROM hk_wfHits


Warning: mysqli_num_fields() expects parameter 1 to be mysqli_result, boolean given in /home/mysites/repo/himalkhabar/himalkhabar/wp-includes/wp-db.php on line 3403
भारतः किरण बेदी भाजपामा - Himalkhabar.com

थप समाचारबिहीबार, माघ १, २०७१

भारतः किरण बेदी भाजपामा

हिमालखबर

किरण बेदी

किरण बेदी

भारतको केन्द्र दिल्लीमा विधानसभा निर्वाचनको मिति घोषणा भए लगत्तै पूर्व आइपीएस अफिसर किरण बेदी भारतीय जनता पार्टी (भाजपा) मा प्रवेश गरेकी छन् ।

किरण बेदीलाई भाजपा अध्यक्ष अमित शाह, अर्थ मन्त्री अरुण जेटलीलगायतले  भाजपामा स्वागत गरेका थिए, यद्यपी उनले मोबाइल एसएमएस मार्फत भाजपाको सदस्यता लिएकी हुन् ।

किरण बेदीले दिल्ली विधानसभाको निर्वाचनमा उम्मेदवारी दिने निश्चित भए पनि निर्वाचन क्षेत्र भने तय भइनसकेको अध्यक्ष अमित शाहले बताएका छन् । उनले दिल्लीमा पार्टीका तर्फबाट मुख्यमन्त्रीमा कसको नाम प्रस्ताव गर्ने बारे  संसदीय बोर्डको बैठकले निर्णय गर्ने जानकारी दिए ।

किरण बेदीले दिल्लीमा कसका विरुद्ध निर्वाचन लड्ने छिन भन्ने प्रश्नको जवाफमा अमित शाहले भने, “किरण बेदी कसैलाई टक्कर दिन होइन, बरु अव्यवस्था हटाउने पार्टीको लक्ष्यमा साथ दिन भाजपामा आउनु भएको हो ।” उनले किरण बेदीको संलग्नताले दिल्लीमा भाजपाको संगठन बलियो हुने पनि दाबी गरे ।

अमित शाह

अमित शाह

किरण बेदीले भने आफू प्रधानमन्त्री नरेन्द्र मोदीको नेतृत्व क्षमताबाट प्रभावित भएर भाजपामा प्रवेश गरेको बताएकी छन् । उनले भनिन, “मेरो ४० वर्षको अनुभव छ र हामी टिमवर्क गरेरै दिल्लीलाई संसारकै उत्कृष्ट राजधानी बनाउन सक्छौं ।”

लोकपाल विधेयक सम्बन्धी मामिलामा  स्वतन्त्रता सेनानी अन्ना हजारेको नेतृत्वमा भएको आन्दोलनमा बेदी आम आदमी पार्टीका संयोजक अरविन्द केजरिवालसँग सहकार्यमा थिइन् ।

दिल्लीमा विधानसभा निर्वाचन २४ माघमा हुँदैछ भने मतगणना २७ माघमा हुनेछ ।

को हुन किरण बेदी
६५ वर्षीया बेदी भारतीय पुलिस सेवाकी प्रथम वरिष्ठ महिला अधिकारी हुन् । भारतीय पुलिस सेवामा प्रवेश गर्नुअघि उनी अमृतसरको एक कलेजमा राजनीति शास्त्र पढाउँथिन् ।

सन् १९९४ मा रोमन म्याग्सेसे पुरस्कार प्राप्त बेदीे डिसेम्बर २००७ मा स्वेच्छिक अवकाश लिनु अघि पुलिस अनुसन्धान एवम् विकास ब्यूरोमा महानिर्देशक थिइन् ।

उनी लागू औषध दुर्व्यसनीहरुको पुनर्स्थापनाका लागि स्थापित नवज्योति इण्डिया फाउण्डेशन तथा  जेल सुधार, महिला सशक्तिकरण र ग्रामिण विकासका क्षेत्रमा काम गर्ने भिजन फाउन्डेशन नामक गैर सरकारी संस्थाकी संस्थापक पनि हुन् ।

लागू औषध दुर्व्यसनीको पुनर्स्थापनाका लागि उल्लेख्य काम गरेवापत उनी संयुक्त राष्ट्र संघबाट समेत पुरस्कृत भइसकेकी छन् ।

तत्कालीन प्रधानमन्त्री इन्दिरा गान्धीको गाडी गलत ठाउँमा पार्किङ गरिएको भेटेपछि उनले प्रधानमन्त्रीको गाडीलाई क्रेन लगाएर त्यहाँबाट उठाइदिएकी थिइन् ।

त्यसपछि गान्धीले पनि उनको प्रशंसा गरेकी थिइन् भने भारतीयहरुले उनको प्रशंसा गर्दै क्रेन बेदी भनेका थिए ।

प्रतिकृया दिनुहोस

हिमालखबर जनमत

नयाँ सरकारको नेतृत्व कुन पार्टीले गर्नुपर्छ?

परिणाम हेर्नुस्

Loading ... Loading ...
हिमालखबर जनमतको अन्तिम नतीजा साप्ताहिक खबरपत्रिका हिमाल को आगामी अंकमा प्रकाशित गरिनेछ ।*/?>