थप समाचारशुक्रबार, माघ २, २०७१
४१३ सभासद्को हस्ताक्षर बुझाइयो, बानेश्वरमा विशेष सुरक्षा
संविधानसभाका ४१३ सभासद्ले संविधान निर्माणका लागि प्रक्रियामा जानुपर्ने मागसहित सभामुखलाई हस्ताक्षार बुझाएका छन्।
कांग्रेस-एमालेलगायत दलका ४१३ सभासद्ले संविधानसभाको बैठक शुरु हुनुअघि २ माघ बिहान हस्ताक्षार बुझाएका हुन् । संविधानसभाको यो संख्याल दुईतिहाइभन्दा बढी हो ।
प्रक्रियामा जानुपर्ने सत्तापक्षको दबाब र प्रक्रियामा जानै नदिने विपक्षी दलको अडानकाबीच आज (२ माघ) को संविधानसभा बैठक हुँदैछ । संविधानसभा आसपासको क्षेत्रमा सुरक्षा व्यवस्था कडा बनाइएको छ। संविधानसभाभित्र पनि सुरक्षाकर्मीको संख्या थपिएको छ भने बैठक कक्षमा खटिने मर्यादापाललाई उच्च सतर्कतामा राखिएको छ।
सभाअध्यक्षले शीर्ष नेताहरुसँग अनौपचारिक छलफल गरिरहेका छन्। आजै दिउँसो एक बजे सभाअध्यक्षले शीर्ष नेताहरुको बैठक बोलाएका छन्।
संविधानसभामा प्रतिनिधित्व गर्ने दलका प्रतिनिधि सहभागी हुने कार्यव्यवस्था परामर्श समितिको बैठक बिहान नौ बजे बोलाइए पनि बस्न सकेन।
बिहानैदेखि कांग्रेस एमाले आन्तरिक परामर्श तथा छलफलमा जुटेका छन् भने एमाओवादी नेतृत्वको गठबन्धन पनि प्रतिवाद गर्ने तयारी र रणनीतिबारे छलफल गरिरहेको छ ।
कांग्रेस एमालेसहितको गठबन्धन ८ माघमा नै संविधान जारी गर्ने रणनीतिमा छ भने एमाओवादी र मधेशी मोर्चा जसरी पनि यसलाई रोक्ने रणनीतिमा छन्।
प्रतिकृया दिनुहोस
ताजा अपडेट
हिमालखबर जनमत
