खेलकुदशुक्रबार, माघ २, २०७१
डिभिजन–२ का लागि नेपाली टीम तयार
नेपाली राष्ट्रिय क्रिकेट टीमका कप्तान पारस खड्काले आईसीसी विश्व क्रिकेट लिग डिभिजन–२ मा दिलोज्यान दिएर खेल्ने बताएका छन् । नामिबियामा ३ माघदेखि शुरु हुने आईसीसी विश्व क्रिकेट लिग डिभिजन–२ को पूर्वसन्ध्यामा आयोजित पत्रकार सम्मेलनमा उनले प्रतियोगितामा आफ्नो सम्पूर्ण शक्ति खर्चिने बताएका हुन् ।
नामिबियाको विन्डहोकमा २ माघमा आयोजित पत्रकार सम्मेलनमा खड्काले भने, “हामी पहिलो दिनदेखि नै विजययात्रा गर्न चाहन्छौं, हामी दिलो ज्यान दिएर खेल्नेछौं ।”
“सबै टीमले राम्रो तयारी गरेका छन्,” उनले थपे, “त्यसैले, हामीले कुनै पनि खेल तथा प्रतिद्वन्द्वीलाई हल्का रुपमा लिएका छैंनौं ।”
उनले प्रतियोगिताका लागि नेपाली टीम तयार रहेको समेत बताएका छन् । ३ माघदेखि शुरु हुने प्रतियोगिताको पहिलो खेलमा नेपालले युगान्डाको सामना गर्दैछ ।
३ माघमा युगान्डासँग भिड्ने नेपाली टीमले ४ माघमा नेदरल्याण्डस्, ६ माघमा क्यानडा, ७ माघमा नामिबिया र ९ माघमा केन्यासँग खेल्नेछ । राउण्ड रोबिनको आधारमा हुने प्रतियोगितामा नेपालसहित ६ टीम सहभागी छन् ।
शीर्ष दुई टिम डिभिजन एकमा बढुवा हुनेछन् भने तेस्रो र चौथो हुने दुई टोली डिभिजन दुईमा यथावत रहनेछन । अन्तिम दुई टोली घटुवामा परी डिभिजन तीनमा झर्ने छन् ।
प्रतिकृया दिनुहोस
ताजा अपडेट
हिमालखबर जनमत
