Warning: mysqli_query(): (HY000/1194): Table 'hk_wfHits' is marked as crashed and should be repaired in /home/mysites/repo/himalkhabar/himalkhabar/wp-includes/wp-db.php on line 2056

WordPress database error: [Table 'hk_wfHits' is marked as crashed and should be repaired]
SELECT MAX(attackLogTime) FROM hk_wfHits


Warning: mysqli_num_fields() expects parameter 1 to be mysqli_result, boolean given in /home/mysites/repo/himalkhabar/himalkhabar/wp-includes/wp-db.php on line 3403
सडक आन्दोलनले संविधान बन्दैन: भट्टराई - Himalkhabar.com

थप समाचारशुक्रबार, माघ २, २०७१

सडक आन्दोलनले संविधान बन्दैन: भट्टराई

हिमालखबर

-सेन्छेलुङ लिम्बु

आज (२ माघ) को संबिधानसभा बैठकमा संवाद समितिको प्रतिवेदनमाथि छलफल शुरु भएको छ । बैठकमा सबै दलका शीर्ष नेताहरु सहभागी छन् ।

leaders_trioयुद्धकालको जस्तो व्यवहारले संबिधान बन्दैनः भट्टराई

एमाओवादी नेता बाबुराम भट्टराईले सडक आन्दोलनले संबिधान नबन्ने भन्दै आफ्नै नेतृत्वको आलोचना गरेका छन् ।

संबिधान सभाको २ माघको बैठकमा संवाद समितिका सभापतिको हैसियतले बोल्दै भट्टराईले भने, “युद्धकालमा जुन नेतृत्व थियो, अहिले पनि त्यही ढंगबाट चल्दा संबिधान बन्दैन ।”

भट्टराईले यतिबेला कित्ताबन्दी गरेर मुलुकलाई अर्को द्वन्द्वमा फर्काउनेतिर नभई जिम्मेवार ढंगले निकास दिनुपर्नेमा जोड दिए। उनले भने, “यतिबेला मुलुकलाई ऋषिमन भएको नेता चाहिएको छ ।”

उनले संवाद समितिबाटै दलहरु बीच सहमति हुन सक्ने भन्दै यसअघिका ९ महिनामा भन्दा पछिल्ला चार दिन उपलब्धीमूलक भएको दाबी गरे ।

भट्टराईका अनुसार दलहरुबीच न्याय प्रणालीमा सहमति भइसकेको छ भने मिश्रित निर्वाचन प्रणालीमा जाने बारे सहमति भए पनि समानुपातिक र प्रत्यक्षको अनुपात कति राख्ने भन्ने मिल्न बाँकी छ ।

उनले संघीयतामा पनि दलहरु सहमति नजिक पुगेको दाबी गरे ।

उनले सत्तारुढ दललाई कित्ताकाट नगर्न भन्दै एमाओवादी नेतृत्वको ३० दलीय मोर्चाले प्रक्रियाबाट संबिधान निर्माण गरिए प्रतिवाद गर्ने चेतावनी समेत दिए ।

हाँसीहाँसी प्रक्रियामा जाऔं: खनाल
बैठकमा बोल्दै नेकपा एमालेका वरिष्ठ नेता झलनाथ खनालले जातीय प्रदेश कुनै हालतमा स्वीकार्य नहुने बताए । उनले एक मधेश प्रदेशको माग हाँसो उठ्दो भएको बताए ।

सम्वाद समितिको प्रतिवेदनमाथि छलफलमा भाग लिँदै खनालले देशमा १२५ जाति भएको र कुनै जातिलाई प्रदेश दिने र कसैलाई नदिने काम गर्न नहुने बताए ।

एक मधेश प्रदेशको माग नै हाँसो उठ्दो भन्दै उनले मधेशमा पहाडको उपनिवेश नभएको र एमाले मधेश विरोधी नभएको प्रस्ट पारे ।

उनले दलहरु सहमति नजिक रहेको स्वीकार्दै एमाओवादी नेता भट्टराईलाई लक्षित गरेर भने, “निकट पुगेका छौं भने आन्दोलनको कुरा किन ? बसेर छलफल गरौं ।”

खनालले अघि भने, “हामी सहमति चाहन्छौं, तर सहमति हुँदैन भने हाँसीहाँसी प्रक्रियामा जाऔं ।”

सबै प्रस्ताव मस्यौदामा पठाऔंः पौडेल

बैठकमा बोल्दै कांग्रेस उपसभापति रामचन्द्र पौडेलले सहमतिको प्रयास जारी राख्दै सम्वाद समितिबाट आएको आफूहरुको ९ बुँदे र अन्य दलहरुको प्रस्तावलाई मस्यौदा समितिमा पठाउनुपर्ने बताए ।

उनले सडक आन्दोलन र बन्दको भरमा संविधानसभालाई डिक्टेट गर्न नहुने बताए ।

पौडेलले भने, “सहमतिको बल्छीमा मुलुक नराम्रोसँग अल्झिएको छ, अझै कति अल्झाइराख्ने ?”

प्रतिकृया दिनुहोस

हिमालखबर जनमत

नयाँ सरकारको नेतृत्व कुन पार्टीले गर्नुपर्छ?

परिणाम हेर्नुस्

Loading ... Loading ...
हिमालखबर जनमतको अन्तिम नतीजा साप्ताहिक खबरपत्रिका हिमाल को आगामी अंकमा प्रकाशित गरिनेछ ।*/?>